काठमाडाैं । नेपाली लेखक संघ गण्डकीका सचिव एवं लमजुङका युवा साहित्यकार रमेशचन्द्र घिमिरे काठमाडाैंमा पुरस्कृत भएका छन् ।
काठमाडाैंमा शुक्रबार एक समाराेहबीच घिमिरे कपन बानेश्वर राष्ट्रिय साप्ताहिकद्वारा गंगा लिगल कबा उत्कृष्ट रचना पुरस्कार २०७९ (माेफसल) बाट सम्मानित भएका हुन् । नेपालकै पहिलाे भनिएकाे साप्ताहिक साहित्यिक पत्रिका कपन बानेश्वर साप्ताहिकमा २०७९ भर प्रकाशित भएका रचनामध्ये घिमिरेका रचनाले उत्कृष्टता हासिल गरेपछि उनलाइ पुरस्कारसहित सम्मान गरिएकाे हाे ।
उक्त साप्ताहिक पत्रिकाकाे बार्षिकाेत्सवकाे अवसर पारेर शुक्रबार काठमाडाैंमा घिमिरेलाइ नगद ५ हजार पुरस्कार सहित सम्मान गरिएकाे हाे । साे अवसरमा घिमिरेसंगै अन्य ५ जना साहित्यकार पनि सम्मानित भएका छन् ।
५ साउन २०८०, शुक्रबार