बेसीशहर, बैशाख २३ । दोर्दी गाउँपालिकामा नेकपा एमालेको गाउँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले दिलबहादुर घलेको अध्यक्षतामा नयाँ गाउँ कमिटी गठन गरेको छ । शुक्रबार नौथर शेरमा भएको गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले घलेको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी सर्व सम्मतिमा चयन गरेको हो ।
गाउँ कमिटीको उपाध्यक्षमा प्रेमबहादुर अधिकारी, सचिवमा नेत्रजंग गुरुङ, उपसचिवमा डिलबहादुर आले र उमा खत्री सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ऋषिराम अधिकारीलाई लेखा समिति संयोजकमा चयन गरेको छ ।
अधिवेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेका थिए ।

उता दूधपोखरी गाउँपालिका कमिटीको अध्यक्षमा धनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । गाउँ कमिटीको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले ३१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
गाउँपालिका कमिटीको उपाध्यक्षमा भोजराज दवाडी, सचिवमा प्रितम गुरुङ, उपसचिवमा गज बहादुर गुरुङ र कृष्ण गुरुङ चयन भएका छन् ।
नेकपा (एमाले) राइनास नगरपालिकाको २०८१ बैशाख १९ गते सम्पन्न दोस्रो नगर अधिवेसनवाट अध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा देवराम गुरुङ, सचिवमा अनन्त त्रिपाठी उपसचिवमा शर्मिला बोहरा थापा र प्रदिप जंग गुरुङ सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमालेले बेसीशहर नगरपालिका कमिटीको बैशाख २९ गते र क्व्होलासोथार गाउँपालिका कमिटीको जेठ ७ र ८ गते अधिवेशन मिति तय गरेकाे छ ।