लमजुङ क्याम्पसमा हाेस्टेलका विद्यार्थी कुट्नेमाथि प्रहरीमा किटानी जाहेरी

बेसीशहर, फागुन ६ गते । लमजुङ कृषि क्याम्पसमा गत माघ २७ गते भएको घटनामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी परेको छ ।

गत माघ २७ गते क्याम्पसको होस्टेलमा पढिरहेका  विद्यार्थी हरु नेपाल विद्यार्थी संघको जत्था प्रवेश गरि होस्टेलमा बसिरहेका विद्यार्थीको कोठा थुनेर ज्यान लिने हिसाबले कुटपीट गरिएको भन्दै घाइते विद्यार्थी, उनीहरुका आफन्त र अनेरास्ववियू सम्बद्ध बिद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएका हुन्  ।

उक्त घटनामा संलग्न रहेको भन्दै लमजुङ क्याम्पसमा अध्ययनरत नेविसंघका विद्यार्थीहरु सदिस सिम्खडा, आर्यन भट्ट, आशिष पौडेल, सौरभ उप्रेती, गोभिन्द चौधरी, सुरज भट्ट, ढुर्ब साउद , गोकुल भट्ट ,सुनिल बस्नेत , बिबेक सिंह ,प्रसन्न चापागाइ तर्क राज जोशी, हिमाल रसाइली, समीर नेपाल, राजेन्द्र बिष्ट, सन्देश सुवेदी, सन्जित गौतम, सरोज भुषाल, अनुपराज बुढाथोकी, आदित्य बुढाथोकी लगायतमाथि किटानी जाहेरी दिइएको अनेरास्ववियू लमजुङले जनाएको छ ।

अनेरास्ववियू लमजुङका अध्यक्ष सागर खडकाले सुन्दरबजारस्थित लमजुङ कृषि क्याम्पसको होस्टेलमा निहत्था अवस्थामा रहेका विद्यार्थीहरु बिबश बिक, टिकाराम ढकाल, बिराज सुवेदी, मदन रिजाल, सुलभ बस्याल, सुशील पौडेल ,सुरेश राज अवस्थी, दिपेश रोकाया ,बेदनाथ घिमिरे ,अर्जुन ढकाल, सागर अधिकारी, नारायण भुषाल, आशिष रानाभाट, सौगात ढकाल, बिनोद थारु, गौरभ जोशी, भुषण अवस्थी, संकर भण्डारी, अर्पण महत्रा , खगेन्द्र जोशी, सुजल अर्याल , सुरज घिमिरे  माथि नेविसंघका विद्यार्थीहरुले रड, सिसाको बोतल, ढुङ्गा तथा क्रिकेट ब्याटले प्रहार गरि बर्बर आक्रमण गरि गम्भीर घाइते बनाएको दावी गरेका छन् ।

अनेरास्ववियू लमजुङले घटना प्रति गम्भीर खेद प्रकट गर्दै होस्टलको कोठामा पसेर आक्रमण गरिएको, स्ववियुका सचिव बिराज सुवेदी तथा सदस्य सुरेश राज अवस्थीलाई ज्यान मार्ने उद्देश्यले छतबाट खसाल्नेसम्मको आक्रमण गरिएको, निमित्त क्याम्पस प्रमुख अमित खनालमाथि पनि आक्रमण गरिएको भन्दै घटनाको भत्र्सना गरेको छ । 

अनेरास्ववियूले अध्ययन गर्न आएका विद्यार्थी माथी भएको यो बर्बरतापुर्बक आक्रमण मानवता बिरोधी गम्भीर अपराध भनेको छ । 


प्रतिक्रिया