लमजुङ प्रजातन्त्रिक आन्दाेलनकाे अग्रणी क्षेत्र र कांग्रेसकाे किल्ला हाेः कांग्रेस नेता शुक्रराज शर्मा

राइनास । नेपाली कांग्रेसका अमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लमजुङ प्रजतान्त्र प्राप्तीकाे आन्दाेलनमा लमजुङकाे उल्लेखनीय भूमिका रहेकाे भन्दै लमजुङ नेपाली कांग्रेसकाे बलियाे किल्ला रहेकाे बताएका छन् ।

आइतबार लमजुङको राइनास नगरपालिका–८, हर्राबोटमा आयोजित नेपाली कांग्रेस राइनास नगर कार्य समितिको प्रथम नगर सम्मेलनमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेता शर्माले पूर्वमा बिराटनगर र पश्चिममा लमजुङ तनहूँ प्रजातन्त्रिक आन्दाेलनकाे अग्रणी क्षेत्र रहेकाे चर्चा गरे । उनले लमजुङ, तनहूँ जस्ता पश्चिमका जिल्लाहरूले कांग्रेसको इतिहास र विरासत थामेकाे भन्दै यस क्षेत्रमा अझै पनि कांग्रेस बलियो रहेकाे र संगठनलाइ अझै मजबुत बनाउन सबै नेता कार्यकर्ता एकजुट हुनुपर्नेमा जाेड दिए ।

नगर सम्मेलनमा नेपाली कांग्रेसका गण्डकी प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेसका नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरूले जनताकोे मन जित्ने गरी काम गर्न सके पार्टीमा आकर्षण बढ्ने मात्र नभइ अबकाे निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने धारणा राखे ।


कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङ, नेपाली कांग्रेस गण्डकीका सह–महामन्त्री एवं मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, नेपाली कांग्रेस लमजुङका पूर्व सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, पूर्व सभापति एवं सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्ण कोइराला, पूर्व सभापति तुलसी नारायण श्रेष्ठ, राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य विष्णुमाया धिताल, सम्मेलनका प्रतिनिधि गमप्रसाद गुरुङलगायतले मन्तब्य राखेका थिए ।

नगर सम्मेलनकै अवसरमा नेपाली कांग्रेस राइनास नगर कार्यसमितकाे भवन निर्माणका लागि जग्गा दान गर्ने तीनपिप्ले निवासी खिला शर्मा अधिकारीलाई सम्मानित गरिएको थियाे ।

नगर सम्मेलन नेपाली कांग्रेस राइनास नगर कार्य समितिका सभापति श्रीकृष्ण पौडेलकाे अध्यक्षतामा भएकाे थियाे ।

प्रतिक्रिया