लमजुङमा भुकम्पकाे धक्का महशुस

बेसीशहरफ कात्तिक ५  । लमजुङमा केहीबेर अघि भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७.३९ बजे भूकम्प भएकाे हाे ।

भूकम्पकाे धक्काले दशैंकाे महाअष्टमी पर्व मनाइरहेका नागरिकहरू नराम्ररी झस्केका छन् । धक्का ठूलै भए भूकम्पकाे केन्द्रबिन्दू कहाँ हाे र कति ठूलाे हाे भन्ने विस्तृत विवरण प्राप्त भएकाे छैन । यद्यपी लमजुङ लगायत गण्डकी प्रदेशमा ठूलै धक्का महशुश भएकाले केन्द्र यतै वरिपरि हुन सक्ने अनुमान गरिएकाे छ ।

प्रतिक्रिया