काम गर्न बसेकै घरबाट चारलाख चाेरी भाग्ने राना पक्राउ

मिलन शर्मा दनाई

बेसीशहर, साउन २५ । लमजुङकाे चिती सानाे हटियाबाट झण्डै चार लाख रूपैयाँ चाेरी गरी भागेका एक ब्यक्तिलाइ लमजुङ प्रहरीले पक्राउ गरेकाे छ ।


बेसीशहर नगरपालिका वडा नं. ११ स्थित सानो हटियामा रहेकाे गणेशप्रसाद श्रेष्ठकाे घरबाट गत बुधवार नगद  तीनलाख ७५ हजार १ सय ६० रूपैयाँ चोरी गरी भागेका साेही घरमा काम गर्न बसेका पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नंं ३ घर भएका हरि राना पक्राउ परेका हुन् ।

केही बर्षअघिदेखि चिती वरपर ज्याला मजदुरी गर्दै गरेका राना १२ दिन अघि श्रेष्ठकाे तीनपिप्ले सानाे हटियामा रहेकाे मिलमा काम गर्न भनि बसेकामा  बुधबार बिहान करिब १०.३० बजे घरबाट उक्त रकम चाेरी गरी फरार भएका थिए । नगद चाेरी गरी उनी फरार भएपछि श्रेष्ठले प्रहरीमा खबर गरेका थिए ।

श्रीमञ्ज्याङ प्रहरी चाैकीबाट खटिएकाे प्रहरी टाेलीले निज रानालाइ साेही दिन दाेर्दी गाउँपालिका वडा नंं २ अर्चलबाेटमा लुकीछिपी हिँडीरहेकाे अवस्थामा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका रानाकाे साथबाट चाेरी भएकाे नगद समेत बरामद भएकाे छ । उनलाइ जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिइ चाेरी सम्बन्धी कसुर अन्तरगत मुद्दा चलाइएकाे छ ।

प्रतिक्रिया