बेसीशहर, बैशाख २४ गते । घलेगाउँकाे कन्या ज्याेती युवा क्लबद्वारा आयाेजित दलित खुल्ला फुटबल प्रतियाेगिताकाे उपाधी नागिदार बिश्वकर्मा सेवा समाज कास्कीले हात पारेकाे छ ।
लमजुङकाे क्हाेलासाेथर गाउपालिका ३ घलेगाउस्थित कन्यज्याेती युवा क्लबले बैशाख पुर्णिमाकाे अवसरमा आयाेजना गरेकाे दलित खुल्ला फुटबल प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे फाइनल खेलमा चितवनकाे सक्षम युवा क्लबलाइ ट्राइबेकरमा हराउँदै बिश्वकर्मा एकता समाज, युवा क्लब कास्की बिजयी भएकाे छ। घलेगाउकाे स्वर्गाभुमी रंगशालामा भएकाे फाईनलमा खेल अबधी भर दुवै पक्ष गाेलरहित बराबरीमा राेकिएपछि खेल ट्राइबेकरमा गएकाे थियाे ।
प्रतियाेगताकाे उपाधिसंगै नागिधार बिश्वकर्मा एकता समाजले नगद ८० हजारकाे साथमा ट्रफि, पदक र प्रमाण पत्र प्राप्त गरेकाे छ । द्वितियस्थानमा चित्त बुझाएकाे सक्षम युवा क्लब चितवनले नगद रु ५० हजार, ट्रफि, पदक र प्रमाण पत्र प्राप्त गरेकाे छ ।
त्यस्तै प्रतियाेगितामा नागिधार विश्वकर्मा एकता समाज, युवा क्लबका आशिस सुनार सर्वाधिक गाेलकर्ता घाेषित भए । उनले खेल अबधिभर ५ गाेल गरे । सक्षम युवा क्लब चितवनका बिजन अछामी उत्कृष्ट खेलाडीकाे रुपमा छनाैट भए । दुबैलाई नगद रु २/२ हजार, मेडल र प्रमाण पत्र प्रदान गरिएकाे छ ।
कन्याज्याेती युवा क्लब घलेगाउले २०७१ सालदेखि बैशाख पुर्णिमाकाे अवसरमा हरेक बर्ष दलित खुल्ला फुटबल प्रतियाेगताकाे आयाेजना गर्दै आएकाे क्लबका अध्यक्ष उमल बहादुर बिकले बताए । गएकाे बैशाख १९ गतेबाट सुरु भएकाे खेलमा लमजुङ, तनहुँ, कास्की र चितवन जिल्लाका गरी २६ टिम दर्ता भएकाेमा खेलमा भने २४ टिमले मात्रै सहभागीता जनाएका थिए ।
बिजयी टीमका खेलाडीहरूलाइ क्हाेलासाेथर गाउपालिकाका पुर्व अध्यक्ष एवं पर्यटन ब्यवस्थापन समित घलेगाउँका अध्यक्ष प्रेमबहादुर घले, बेसीशहर नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल बिश्वकर्मा, क्हाेलासाेथर गाउपालिका वडा नं ३ का वडा अध्यक्ष आशबिर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
6 May 2024