दाेस्राे पटक निर्वाचित भएकाे १ सय दिन पुगेकाे अवसरमा रवि लामिछानेले सार्वजनिक गरे यस्ता याेजना

काठमाडाैं । प्रतिनिधि सभामा दाेस्राे पटक निर्वाचित भएकाे १ सय दिन पुगेकाे अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति, पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सबैलाइ चकित हुने गरी विभिन्न कार्यक्रम र याेजना सार्वजनिक गरेका छन् ।

लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क बस सेवा सुरू गरेका छन्। लामिछानेले शुरू गरेकाे बसको नाम ‘ब्लू बस’ राखिएको छ। यो बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन्। याे बस बिहान चितवनकाे शक्तिखोरबाट छुट्ने र कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिइ साँझ शक्तिखोर फर्कनेछ । पहिलो चरणमा पाँच सय जना महिलाहरूको यातायात कार्ड बनाएर बसको सेवा सुरू गरिएको छ। 

लामिछानेले अाफ्नाे निर्वाचन क्षेत्रमा केही गराैं भन्ने भावनाले सय दिनमा सय राेजगार घाेषणा गरे अनुसार बिदेशमा राेजगारीमा रहेकाहरूलाइ स्वदेश फर्काउने उद्देश्यले एकसय जनाका लागि राेजगारी उपलब्ध गराउने उद्देश्यले नेपाल फर्कन चाहने १ सय नेपालीहरूलाइ ४० हजार देखि डेढलाख सम्म पारिश्रमिक उपलब्ध हुने गरी जागिर खाेजिदिएकाे उनले बताएका छन् ।

लामिछानेले जनप्रतिनिधिले जवाफदेही हुनु पर्ने मान्यताले निर्वाचन क्षेत्रमा हरेक ४ महिनामा सार्वजनिक सुनुवाइ शुरू गरेकाे उनले बताएका छन् । यही अबसरमा उनले अाफ्नाे निर्वाचन क्षेत्रमा ६५ बर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि माेबाइल क्लिनिक शुरू गरेकाे उनले बताए । 

चुनावमा भाेट माग्दा शिक्षालाइ जाेड दिएकाे भन्दै उनले अाफूले सार्वजनिक शिक्षाकाे सपना देखे अनुसार चितवन क्षेत्र न. २ का दुइ वटा विद्यालयलाइ नमूना बनाउन थालिएकाे उनले बताए । चितवनका गाउँघरका विद्यार्थीलाइ पनि काठमाडाैंकाे बुढानिलकण्ठ स्कूल र पाेखराकाे गण्डकी बाेर्डिङ स्कूलका विद्यार्थीसंग प्रतिस्पर्धा गर्न सक्ने गरी याेजना बनाइएकाे उनले बताएका छन् ।

रविले अरू के के गरेका छन् त ? भिडियाेमा हेर्नुहाेस् । हेर्नुहाेस् भिडियाे ।




प्रतिक्रिया