काठमाडौं । नेपाल विश्वकप क्रिकेट छनाेट प्रतियाेगिताबाट बाहिरिएकाे छ । कमजोर प्रदर्शनसँगै शनिबार नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएपछि छनोट प्रतियोगिताबाट बाहिरिएको हाे ।
यसअघि बलिया प्रतिस्पर्धी जिम्बाव्वे र वेष्टइण्डिङसँग हार ब्यहाेरेकाे नेपालले अमेरिकामाथि भने जीत निकालेर सुपरसिक्समा पुग्ने सम्भावना कायम राखेकाे थियाे । नेदरल्याण्डससंगकाे खेलमा पराजित भए लगत्तै नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे हाे । शनिबारकाे खेलमा जसरी पनि जित्नुपर्ने दबाबमा रहेकाे नेपालले अन्ततः बलिङ र ब्याटिङ दुबैमा खराब प्रदर्शन गरेपछि प्रतियाेगिताबाटै बाहिरिन पुग्याे ।
बलियाे प्रतिस्पर्धी नेदरल्याण्डसलाइ १६८ रनकाे सामान्य चुनाैति दिएकाे नेपाललाइ नेदरल्याण्डसले २७.१ ओभरमा मात्र ३ विकेटकाे क्षतिमा पराजित गर्याे ।
हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टीमका खेलाडीले शुरूमै निकै खराब ब्याटिङ गरे ।७ रन बटुल्दा ओपनर आशिफ शेख शुन्यमै बाहिरिएपछि नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । १४ औं ओभरको पाँचौं बलमा भुर्तेल पनि आउट भएपछि नेपाललाइ विकेट जाेगाउनै हम्मे पर्याे ।
९५ रन बनाउँदासम्म ५ विकेट गुमाएकाे नेपालका लागि परिपक्व ब्याट्समेनहरू राेहित पाैडेल र दीपेन्द्रसिंह ऐरीलेसमेत पारी सम्हाल्न सकेनन् । दुवै क्रमशः ३१.५ र ३३.५ अाेभरमा बाहिरिए । उनीहरूपछि गुल्सन झा र करण केसीले पनि टिकेर खेल्न सकेनन् । खेलमा राेहितले सर्वाधिक ३३ रन बनाएकामा अन्तिम विकेटका रूपमा सन्दिप लामिछानेले २७ रन मात्र बनाउन सके ।
नेपालका लागि कुशल भुर्तेलले २७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भएका थिए ।
नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट लिए ।