बेसीशहर । जिल्ला प्रशासन कार्यालय लमजुङले चाडपर्व मनाउँदा सुरक्षा चुनाैतिलाइ ध्यान दिन आग्रह गरेकाे छ ।
कार्यालयले सार्वजनिक महत्वकाे जरूरी सूचना जारी गर्दै चाडपर्वका बेला घरबाहिर जाँदा छिमेकीहरूलाइ जानकारी गराउन र बाहिर गएका तस्वीरहरू सामाजिक सञ्जालमा नराख्न सर्वसाधारणलाइ अनुराेध गरेकाे हाे । कार्यालयले आफ्नाे धर्म, संस्कृति, रितीरिवाज, मूल्यमान्यता र परम्परा अनुसार मर्यादित, अनुशासित र शान्तिपूर्ण तरिकाले मनाउन पनि अपिल गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला हुन सक्ने कालाेबजारी, जुवातास र मूल्यबृद्धि नियन्त्रण र नागरिक सुरक्षाका लागि सुरक्षाकर्मी तथा कर्मचारीहरू क्रियाशील गराइने र चाेरी, लुटपाट, डकैती र झैझगडा जस्ता सामाजिक अपराध हुनसक्नेतर्फ सचेत रहन र त्यस्ता अबाञ्छित क्रियाकलाप हुन नदिन र हुनबाट जाेगिन पनि सचेत गराएकाे छ ।
बजारबाट बस्तु तथा सेवाकाे उपभाेग गर्दा गुणस्तर र मूल्यसूचिलाइ ध्यान दिन,सवारी साधनकाे भाडामा ठगी गर्ने तथा यात्रुकाे सामान सुरक्षामा लापार्वाही वा सर्वसाधारणकाे हित बिपरित कुनै गैरकानुनी कार्य भएकाे पाइएमा तुरून्त प्रहरी कन्ट्राेल वा नजिककाे प्रहरी चाैकीमा खबर गर्न पनि प्रशासनले अनुराेध गरेकाे छ ।
चाडपर्वमा जुवातास खेल्ने, मादक तथा नशालु पदार्थ सेवन गरी सामाजिक शिष्टता भंग गर्ने, अतिसबाजी गर्ने, विष्फाेटक पदार्थ वसार पसार गर्ने, चर्काे आवाजमा बाजा बजाउने र सामाजिक मर्यादामा खलल पुर्याउने कार्य भएकाे पाइएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएकाे छ ।
प्रशासनले चाडपर्वका बेला यात्रुहरूकाे सहजताका लागि जिल्लाका विभिन्न स्थानहरू बेसीशहरकाे मनाङे चाैतारा, शेराचाेक, रानीकुवा, भाेटेओडार बगैंचा, पाउँदी, दुइपिप्ले, भाेर्लेटारकाे पाखुरीचाेक,धमिलीकुवा र खुदीबजारमा यात्रु सहायता कक्षकाे स्थापना गरी सञ्चालनमा ल्याएकाे छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि विभिन्न १३ प्रकारका १५१ वटा सुरक्षा गस्ती सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।
प्रशासनकाे जरूरी सूचना हेर्नुहाेस् ।