एनआरएन एनसीसी कतारकाे प्रथम उपाध्यक्षमा लमजुङका बसाैलाकाे उमेदवारी

बेसीशहर । कतारमा कार्यरत लमजुका विनोद प्रसाद बसौलाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२०२५ कार्यकालको लागि प्रथम उपाध्यक्ष  पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिगत १० वर्ष देखि कतारमा श्रम गर्दै आएका बसौला शुरुका दिन देखि नै गैरआवासीय नेपाली संघको अभियानमा सक्रिय छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१७-२०१९ कार्यकालका लागि कार्यसमिति (सचिवालय ) सदस्य  २०१९-२०२१  र २०२१- २०२३  दुई कार्यकालका लागि कोषाध्यक्ष पदको जिम्मेवारी सम्हालेका बसौलाले यसपााली प्रथम उपाध्यक्ष पदमा उमेदवारी दिएका हुन् ।


करिब ६ वर्ष एनसीसी कतारको कार्यसमितिमा रही जिम्मेवारीबाट प्राप्त कार्य अनुभव लाई अधिकतम सदुपयोग गर्दै थाती रहेका कार्ययोजना साथै थप काम गर्ने चाहनाले  २०२३-२०२५ कार्यकालको लागि प्रथम उपाध्यक्ष  पदमा आफ्नो उम्मेदवारी दिने निणर्य लिएको उनले बताए ।

प्रथम उपाध्यक्ष पदमा उमेदवारी घोषणसंगै एक अपिल जारी गर्दै बसौलाले कतार र विश्वभर रहेका गैर आवासीय नेपापालीहरुको हक हितका लागि समर्पित हुने चाहनाले आफूले उमेदवारी दिएको बताएका छन् । हालसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्दा हाँसिल गरेको ज्ञान र अनुभवका साथै विगत केही वर्षदेखी कतारमा स्थापित लमजुङ सेवा समाज लगायतका विभिन्न संघ संस्थाहरुमा आबद्ध भएर  कार्य गर्ने क्रममा प्राप्त गरेको संस्थागत सीप र आफूभित्रको सामाजिक भावना र उर्जालाई  यस अभियान मार्फत अझ बढी प्रभावकारी रुपमा अधिकतम सदुपयोग गर्दै आफुजस्तैै कतारमा  कार्यरत लाखौ श्रमिक हरुको पक्ष र कतारको नेपाली समाजको हितमा अझ धेरै समर्पित हुन चाहेको उनले अपीलमा भनेका छन् ।

प्रतिक्रिया