लमजुङ, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको संगठन सुदृढिकरण अभियान शुरु गरेको छ ।
अभियान चलिरहेका बेला सदरमुकाम बेसीशहरमा रास्वपाको सदस्यता लिनेहरु बढ्न थालेका छन् । सदस्य बन्ने क्रम बढिरहेकै बेला रास्वपाले बेसीशहर नगरपालिकाका दुईवटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।
उक्त पार्टीले शनिबार बेसीशहरको वडा नंं ६ र ८ मा ऐतिहासिक प्रथम वडा अधिवेशन सम्पन्न गरेको हो ।
शनिबार उक्त पार्टीका केन्द्रीय संगठन विभागका सदस्य एवं पूर्व लमजुङ जिल्ला संयोजक धर्म केसी, हालका जिल्ला अध्यक्ष अशोक सापकोटा लगायतका नेताहरुको उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएका हुन् ।
वडा नंं ६ मा तेजबहादुर भण्डारी सभापति रहने गरी ११ सदस्यीय वडा समिति निर्वाचित भएको छ । समितिको उपसभापतिमा राजकुमार राउत, सचिवमा सोमबहादुर रिमाल र सदस्यहरुमा सीता विश्वकर्मा, सुनिता भण्डारी, उषा भण्डारी, कोपिला अधिकारी थापा, सुर्य गुरुङ, डिल्लीराम परियार, बमबहादुर अधिकारी र अमृता खत्री रहेका छन् ।
त्यसैगरि वडा नंं ८ मा फलेन्द्र रावल वडा सभापति चयन भएका छन् । वडा अधिवेशनबाट उपसभापतिमा विष्णु सुयल, सचिवमा रामहरि श्रेष्ठ र सदस्यहरुमा केशब दुलाल, मदिना मिया, काजीराम रावल, हरुणा गुरुङ, शिव रावल र बासमाया दुलाल चयन भएका छन् ।