त्रिवेणी क्लवले पायाे पूर्णता, त्रिवेणी कपकाे तयारी शुरू, पहिलाे पुरस्कार ८ लाख

बेसीशहर । गण्डकी प्रदेशमै सर्वाधिक चर्चित र सफल क्लव लमजुङकाे त्रिवेणी युवा क्लवले नयाँ कार्यसमिति चयन भए लगत्तै ३१ अाैं त्रिवेणी कप राष्ट्रब्यापी फुटबलकाे तयारी शुरू गरेकाे छ ।

गत भदाै ३० गते अायाेजित अधिवेशनबाट नेतृत्व चयन हुन नसकि स्थगित भएकाेमा दुइ महिना लामाे सम्बाद र समझदारी पछि त्रिवेणी युवा क्लवले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेकाे छ । क्लवकाे अध्यक्षमा क्लवकै संस्थापक सदस्य एवं पुराना फुटबलर राजकुमार घिमिरे चयन भएका छन् ।

क्लकाे निवर्तामान अध्यक्षमा विनाेद गुरूङ, उपाध्यक्षहरूमा खुशीजंग गुरूङ र टेकजंग गुरूङ, सचिवमा प्रवीण वाग्ले, सहसचिवमा नम्रता घले, काेषाध्यक्षमा  प्रकास घले, सहकाेषाध्यक्षमा सुमन श्रेष्ठ र सदस्यहरूमा अमृत वि.क., कैलाश बस्नेत, हुमेन्द्र गुरूङ, महेन्द्र गुरूङ, मनिषा गुरूङ, प्रिति गुरूङ र अच्युत पाैडेल चयन भएका छन् ।

नयाँ नेतृत्व चयनसंगै अध्यक्ष घिमिरे लगायत सम्पूर्ण कार्य समिति ३१ अाैं त्रिवेणी कपकाे तयारीमा जुटेका छन् । यसबर्ष क्लवले पुरस्कार राशीमा समेत बृद्धि गर्न लागेकाे नवनिर्वाचित अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए । 

यही पुस १२ देखि हुने प्रतियाेगितामा प्रथम हुने टीमले नगद ८ लाख पुरस्कार पाउने छ । दाेस्राे स्थान पाउने टीमले नगद ४ लाख र सेमीफाइनल पुग्ने अन्य दुइ टीमले नगद १/१ लाख पाउने छन् । प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीले नगद २० हजार र सर्वाधिक गाेलकर्ताले पनि नगद २० हजार पुरस्कार पाउने छन् ।

क्लवले प्रतियाेगिताका लागि यही पुस ८ गतेभित्र टीम दर्ता गर्न भनेकाे छ । टीम दर्ताका लागि प्रति टीम २० हजार ताेकिएकाे क्लवले जनाएकाे छ ।


प्रतिक्रिया