आज देशभर सहिद दिवस मनाइँदै

खबरकुञ्ज

काठमाडौं, १६ माघ,  । आज माघकाे १६ गते ।  देश र जनताका लागि शहादत प्राप्त गर्ने वीर शहीदहरूको सम्मानमा देशभर विभिन्न कार्यक्रम गरी देशभर शहीद दिवस मनाइँदैछ ।

आजकाे दिन देश र जनताकाे मुक्ति, स्वतन्त्रता र प्रजातन्त्रका लागि विभिन्न कालखण्डमा हाँसी हाँसी ज्यान दिएका वीरू सपुतहरूकाे सम्मानमा श्रद्धाञ्जली अर्पण गरी उनीहरूले देखाएकाे बाटाेमा हिँड्ने प्रतिबद्धता जनाइन्छ । यी वीर सपुतहरूको सम्मानमा हरेक बर्ष सप्ताहब्यापी बिभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइने र सप्ताहकाे अन्तिम दिन शहिद दिवसकाे रूपमा मनाउने परम्परा छ । 

हिजाे आज शहिद शब्दकै नयाँ परिभाषा खाेज्नु पर्ने अवस्था भएकाे भन्दै कतिपयले चिन्ता ब्यक्त गर्न थालेका छन् । व्यक्तिगत स्वार्थ विना देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति शहिद मानिन्छन् । जुनजुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् । र उनीहरूलाइ शहिद भनेर सम्मान गर्ने चलन छ ।

तर नेपालमा भने सामाजिक, आर्थिक र राजनीतिक बाहेक अन्य कारण मृत्युवरण गर्नेहरूलाइ समेत शहिद घाेषणा गरिएकाे भन्दै लाेचना हुने गरेकाे छ ।

प्रतिक्रिया