बेसीशहर, चैत १७ गते । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखाले लमजुङकाे मर्स्याङदी ८ निवासी जगत बहादुर तामाङलाई घातक रोग दावी भुक्तानी वापतकाे ५ लाख रकम हस्तान्तरण गरेको छ ।
उक्त बीमा कम्पनीमा तामाङले प्रस्ताबक बनेर छाेरा छिरिङ तामाङकाे ५ लाख रूपैयाँ बिमाङ्ककाे बाल भविष्य याेजनाकाे बीमा गराएका थिए । दुइ किस्ताकाे मात्र बीमा भुक्तानी गरेका तामाङलाइ मुटुको रोग लागेपछि अहिले उपचार गराइरहेका छन् ।
कम्पनीले तामाङको परिवारलाई उपचार खर्च वापत बीमाङ्कको पाँच लाखको कर कट्टी गरी रकम हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखा प्रमुख हिरा घलेले जानकारी दिए। बीमा गरेपछि दुई किस्ता मात्र प्रिमियम भुक्तानी गरेका जगतले उपचारमा आर्थिक रकम प्राप्त भएपछि खुसी व्यक्त गर्दे समयमै सानो भएपनि बीमा गरेकै कारण आफुहरुलाई आर्थिक रुपमा राहत मिलेको बताए ।
बीमा दाबी भुक्तानीका क्रममा बाेल्दै कम्पनीका शाखा प्रबन्धक घलेलेबीमा बचत र सुरक्षाको भरपर्दो माध्यम भएका कारण सबैका निम्ति अपरिहार्य रहेको बताए । बीमाले बिमितबाट रकम संकलन गर्ने मात्र नभई भवितव्य हुन सक्ने जोखिम, घातक रोग लगायतका मानिसको जीवनमा हुन सक्ने भवितव्य भौतिक क्षतिमा हुने जोखिम हस्तान्तरण गर्ने उनले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लमजुङ शाखामा आवद्ध सिनियर एजेन्सी म्यानेजर पूर्णचन्द्र घिमिरे, एमडिआरटी भूपति वाग्ले, एजेन्सी म्यानेजर सुर्जेमान गुरुङ, केशव न्यौपाने, धन कुमारी गुरुङ, कुस्मि घले , रादिका दवाडी, देवी गुरुङ,चिजमाया गुरुङ लगायत उपस्थित थिए ।