आज गण्डकी प्रदेशकाे स्थापना दिवस, प्रदेशभर सार्वजनिक विदा

पाेखरा, फागुन ४ गते । गण्डकी प्रदेश सरकारले आज शुक्रबारका लागि प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

आज गण्डकी प्रदेश सरकार स्थापना भएकाे छैटाैं बर्ष पुरा भइ साताैं बर्ष लागेकाे छ । यस अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो। आजकै दिन अर्थात २०७४ फागुन ४ गते प्रदेश सभाकाे लमजुङ ख निर्वाचन क्षेत्रबाट विजयी भइ नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले पहिलाे पटक गण्डकी प्रदेशकाे मुख्यमन्त्रीको शपथ लिएका थिए । उनले प्रदेशकाे पहिलाे मुख्यमन्त्रीकाे रूपमा सपथ ग्रहणगरी पदभार ग्रहण गरेकाे दिनलाई गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको रुपमा मनाउदै आएकाे छ ।

स्थापना दिवसकाे अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभकामना सन्देश दिएका छन् । उनकाे सन्देशमा प्रदेश सरकारले सिमित श्राेतसाधनका बाबजुद पनि प्रदेश सरकारले जनताका आवश्यकता र अपेक्षालाइ पुरा गर्न क्षमताका आधारमा प्राथमिकीकरण गरी सम्बाेधन गरिरहेकाे जनाइएकाे छ । प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेकाे र ‘नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको सन्देश मुख्यमन्त्रीले दिएका छन् । 

मुख्यमन्त्री पाण्डेकाे शुभकामना सन्देश



प्रतिक्रिया