लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेका प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर महादेव मन्दिरकाे प्रवेशद्वार बन्ने भएकाे छ ।

गण्डकी प्रदेशकाे मात्र नभइ नेपालकै प्रमुख धार्मिक स्थलकाे रूपमा परिचित ईशानेश्वर महादेव मन्दिरकाे पुनर्निर्माण पश्चात मन्दिरकाे प्रवेशद्वार बनाउनका लागि काम शुरू गरिएकाे हाे । ईशानेस्वर महादेब मन्दिरकाे प्रबेशद्वार निर्माणका लागि स्थानीय अकला सामुदायिक बन उपभाेक्ता समूह र न्यु चन्द्रज्याेति आमा समूहकाे संयुक्त लगानीमा प्रबेशद्वार निर्माण गर्न लागिएकाे हाे ।
प्रवेशद्वार निर्माणका लागि एकलाख ९० हजार रूपैयाँ बजेट रहेकाे दुइवटा संस्थाले उपलब्ध गराएका छन्। उक्त बजेटबाट इशानेश्वर महादेव मन्दिरकाे उत्तरतर्फ प्रवेशद्वार निर्माण गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका सचिब शंकरराज घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार प्रवेशद्वार निर्माणकाे जिम्मा स्थानीय मनबहादुर सार्कीलाइ ठेक्काकाे जिम्मा दिइएकाे छ । ठेक्का सम्झाैता अनुसार प्रवेशद्वारकाे बिममा गजुरसहित शिव पार्वतीकाे मूर्ति राखिने छ । साथै गेटमा दुइवटा घण्टीसमेत राखिने छ । गेटमा शिव पार्वतीकाे बहान साँढेसमेत रहने सम्झाैतामा रहेकाे घिमिरेले बताए ।
प्रवेशद्वारका लागि चाहिने सम्पूर्ण सामग्री निर्माणकर्ताले ब्यहाेर्ने सम्झाैतामा उल्लेख छ ।