बेसीशहर, पुस २० । लमजुङकाे बेसीशहरमा जारी ३१ औं संस्करणकाे त्रिवेणी कपमा उपाधि जित्ने अड्कल गरिएकाे अभिषेक चर्च रजहर आत्मघाती गाेलका कारण प्रतियाेगिताकाे फाइनल पुग्नबाट राेकिएकाे छ ।

बेसीशहरकाे त्रिवेणी रंगशालामा शुक्रबार भएकाे पहिलाे सेमिफाइनल खेलमा लालीगुराँस युवा क्लव भुजुङ बिरूद्धकाे खेलमा रजहरका खेलाडीले आफ्नै पाेष्टमा गाेल गर्दा उपाधि जित्ने हाेडबाट बाहिरिनु परेकाे हाे । दुवै टीमले १–१ गाेलकाे बराबरी खेलिरहेका बेला खेलकाे ३९ औं मिनेटमा रजहरका जनक चाैधरीले बाहिर फाल्न खाेजेकाे बल आफ्नै पाेष्टमा चार्ज हुँदा आत्मघाती गाेल हुन पुग्याे । यही गाेलकाे मद्दतले भुजुङले फाइनलकाे यात्रा गर्न सफल भयाे ।

खेलकाे पहिलाे हापकाे २८ औं मिनेटमा रजहरका लागि जर्सी नंं ३० का सञ्जाेग विष्टले पहिलाे गाेल गरे । दाेस्राे हापकाे २८ औं मिनेटमा भुजुङले पेनाल्टी पायाे । पेनाल्टीलाइ सदुपयाेग गर्दै भुजुङका फाेडे फाेफाेनाले खेललाइ बराबरीमा ल्याएका थिए ।

