आज बैशाख शुक्ल पूर्णिमा, भगवान बुद्धकाे २५६८ औं जन्म जयन्ती मनाइँदै

काठमाडौं जेठ १० गते  । आज बैशाख शुक्ल पूर्णिमा । एशियाका ज्याेति, शान्तिका अग्रदूत शाक्यमुनी भगवान बुद्धकाे २५६८ औं जन्म जयन्ती आज  देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  

२५६८ बर्ष अघि हालकाे लुम्बिनीमा रानी मायादेवी र राजा सुद्धाेधनका पुत्ररत्नका रूपमा जन्मेका सिद्धार्थ गौतमले शान्तिका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप बुद्ध जयन्ती मनाउने गरिन्छ । विश्वभर अहिंसा र शान्तिकाे विचार फैलाउने भगवान बुद्धका बिचारलाइ पछि बुद्ध धर्मकाे रूपमा विकास गरियाे । हिन्दू धर्मशास्त्रले समेत बुद्धलाइ भगवान विष्णुकाे अवतार मानेकाे छ ।

सिद्धार्थ गाैतमकाे जन्म, ज्ञान प्राप्ति, निधन वैशाख शुक्ल पूर्णिमामै भएकाे थियाे । मान्छेले जीवनमा पाउने दुःख पीडा दिक्क भएका उनी  राजदरबारकाे सुखसयले छाेडेर २९ बर्षकाे उमेरमा सिद्धार्थ गाैतमले पत्नी र छाेरा अनि राजदरबार त्यागेर  शान्तिकाे खाेजीमा भाैंतारिए । भारतकाे गयामा उनले ठूलाे तपस्या गरी ज्ञान प्राप्त गरे । उनले ज्ञान प्राप्त गरेकाे ठाउँ भएकाले भारतकाे गयासमेत तीर्थस्थल बनेकाे हाे । उनले भारतकाे कुशीनगरमै देहत्याग समेत गरे । बैशाख पूर्णिमाका दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति राखेर बुद्धजयन्ती मनाउने गर्दछन् ।

आजका दिन गुम्बा, विहार र चैत्यहरूमा बिधिपूर्क बुद्धकाे पूजा अराधना गरिदैं छ । लमजुङ लगायत देशका विभिन्न स्थानका साथै राजधानी काठमाडाैंमा समेत बाैद्ध धर्मावलम्बीहरूले विशेष झाँकी निकाल्दै छन् । बुद्ध जन्मस्थल लुम्बिनी, काठमाडाैंका बाैद्ध र स्वयम्भूमा समेत बिशेष कार्यक्रम हुँदैछन् ।

प्रतिक्रिया