त्रिवेणी कपकाे उपाधिका लागि बेसीशहर युथ साेसाइटी र लालीगुराँस भुजुङ भिड्दै

बेसीशहर, पुस २१ । लमजुङमा फुटबलकाे कुम्भमेला बेसीशहरमा जारी ३१ औं संस्करणकाे त्रिवेणी कप फुटबल प्रतियाेगिता शनिबार समापन हुँदैछ । गण्डकी प्रदेशकै दाेस्राे ठूलाे भनिएकाे त्रिवेणी कपकाे उपाधिका लागि बेसीशहर युथ साेसाइटी र भुजुङकाे लालीगुराँस युवा क्लवबीच राेचक प्रतिस्पर्धा हुँदैछ ।

दुवै टीम उत्कृष्ट भएकाले कसले उपाधि जित्ने हाे भन्न सकिने अवस्था छैन । त्रिवेणी कपमा बेसीशहर युथ साेसाइटीले यस अघि  दुइ पटक उपाधि जितिसकेकाे छ । लालीगुराँस युवा क्लब भुजुङले पनि एक पटक त्रिवेणी कप जितिसकेकाे छ । यी दुइ टीमबीचकाे निकै राेमाञ्चक प्रतिस्पर्धा हुने अड्कल गरिएकाे छ ।


जारी प्रतियाेगितामा समूह बीमा रहेकाे बेसीशहर युथ साेसाइटीले बेसीशहर नगरपालिका र पाेखराकाे एलजी एसाेसियसनलाइ पराजित गर्दै सेमीफाइनल प्रवेश गरेकाेमा शुक्रबारकाे सेमीफाइनलमा लाङ्दीदेवी नाल्मालाइ २–१ काे गाेल अन्तरले पराजित गर्दै फाइनलकाे यात्रा तय गरेकाे हाे ।


उता समूह ए मा रहेकाे लालीगुराँस युवा क्लव भुजुङले छनाेट चरणमा सामना युवा क्लव तुरतुरे र क्वार्टर फाइनलमा नेपाली सेनाकाे त्रिभुवन क्लवलाइ र शुक्रबारकाे सेमीफाइनलमा नवलपुरकाे अभिषेक चर्च रजहरलाइ पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे ।

बेसीशहरकाे त्रिवेणी रंगशालामा शुक्रबार भएकाे सेमिफाइनल खेलमा दुवै टीम हारेर पनि जितेका हुन् । भुजुङले खेल हार्ने अनुमानका बीच प्रतिस्पर्धी रजहरका खेलाडीले त्मघाती गाेल गर्न पुग्दा भुजुङले फाइनल यात्रा तय गरेकाे हाे । त्यस्तै बेसीशहर युथ साेसाइटीले पनि फ्नै पाेष्टमा त्मघाती गाेल हानेकाे थियाे । यद्यपी खेलमा सम्हालिएर साेसाइटीले २–१ काे अग्रता कायम गर्दै फाइनल यात्रा पुरा गरेकाे हाे ।

प्रतियाेगिताकाे फाइनल खेल शनिबार दिउसाे १ बजे बेसीशहरकाे त्रिवेणी रंगशाला सहजीमा हुँदैछ ।

प्रतियाेगिताकाे बिजेताले उपाधिसंगै नगद ८ लाख, उपबिजेताले ४ लाख पुरस्कार पाउने  छन् । प्रतियाेगिताकाे सेमीफाइलनमा स्थान बनाएका अभिषेक चर्च रजहर र लाङ्दीदेवी युवाक्लवले १/१ लाख रूपैयाँ पुरस्कार स्वरूप पाउने छन् । 

प्रतिक्रिया