एलजी पाेखरालाइ हराउँदै बेसीशहर युथ साेसाइटी सेमीफाइनलमा

बेसीशहर, पुस १९ । बेसीशहरमा जारी  ३१ औं संस्करणकाे त्रिवेणी कपमा बेसीशहर युथ साेसाइटीले दरिलाे उपस्थिति जनाएकाे छ ।बिहीबार सम्पन्न अन्तिम  क्वाटरफाइनल खेलमा बेंसीसहर युथ सोसाइटीले पाेखराकाे एलजी एसोसिएसन शुन्यका बिरूद्ध एक गाेल गर्दै सेमीफाइनलमा प्रबेश गर्नुका साथै उपाधिकाे दावेदारसमेत बनाएकाे छ । 



बेसीशहरकाे सहजीस्थित त्रिवेणी रंगशालामा बिहीबार दिउसाे भएकाे खेलमा घरेलु दर्शकाे अपार माया पाएकाे बेसीशहर युथ साेसाइटीले शुरूवातदेखि नै एलजीलाइ दबाबमा राखेकाे थियाे । यद्यपी पहिलाे हापमा दुवै पक्षबले गाेलरहित बराबरी खेले । दाेस्राे हापकाे ३८ औं मिनेटमा विदेशी खेलाडी आन्द्रेस मियाले सुन्दर प्रहार गरे पनि गाेल गर्न सकेका थिएनन् । उनकाे बललाइ एलजीका खेलाडी आकासले जाेगाए । बल बाहिरएपछि बेसीशहरले कर्नर किक पायाे । साेही कर्नरबाट पाएकाे बललाइ जर्सी नंं ६६ का अर्का विदेशी खेलाडी स्टेफन बिनोङले सुन्दर गाेलमा परिणत गरिदिए । विनाेङकाे यही एकमात्र गाेल नै खेलकाे निर्णायक गाेल बन्याे र बेसीशहरले सेमीफाइनलको यात्रा तय गर्न सफल भयाे । 


बेसीशहरले १ गाेल गरेपछि दर्शकहरूकाे हुटिङ चलिरहँदा एलजीका खेलाडी भने ह्याण्ड गाेल भएकाे गुनासाे गर्दै एम्पायरसंग अपील गरिरहेका थिए, तर एम्पायरले अपील अस्वीकार गरे ।खेलमा बेंसीसहर युथ सोसाइटीका गोल रक्षक टेकेन्द्र थापा प्लेयर अफ दि म्याचको उपाधीसहित ५ हजार पुरस्कार जित्न सफल भए


सेमीफाइनल प्रवेशसंगै अब बेंसीसहर युथ सोसाइटीले शुक्रबार फाइनल प्रवेशका लागि नाल्माकाे लाङ्दीदेवी युवा क्लवसंग प्रतिस्पर्धा गर्नुपर्ने छ । लमजुङका तीनवटा टीम सेमीफाइनलमा पुगेकामा लालीगुराँस युवा क्लव भुजुङले भने अभिषेक चर्च रजहरसंगकाे भेट पक्का गरेकाे छ ।


सेमीफाइनल प्रवेश गरेका चारमध्ये तीनवटा घरेलु टीम भएकाले प्रतियाेगितामा उनीहरूले दर्शकहरूकाे अपार समर्थन पाउने छन् । सेमीफाइनलमा जसले जिते पनि कम्तीमा लमजुङकाे एक टीम पक्कै पनि फाइनलमा प्रवेश गर्ने छ र दाेस्राे पुरस्कार भने हात पार्ने छ ।

सेमीफाइनल पुग्ने टीमले पनि १ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

लालीगुराँस भुजुङले शुक्रबार नेपाली सेनाकाे त्रिभुवन क्लवलाइ पराजित गरी र अभिषेक चर्च रजहर सुन्दरबजार एफसीलाइ पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका हुन् । नेपाल प्रहरीकाे पुलिस क्लवलाइ हराउँदै लाङ्दीदेवी युवा क्लव नाल्मा सेमीफाइनलमा प्रवेश गरेका हुन् ।


त्रिवेणी कपको ३१ औं संस्करणमा विजेताले ८ लाख रुपैयाँ पाउनेछन् । उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । सेमीफाइनलमा पराजित २ टिमले १–१ लाख रुपैयाँ पाउने आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताए ।

प्रतिक्रिया