रवि लामिछाने विरूद्ध दायर रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हाे । सिन्धुलीका युवराज सफलले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा पेश नगरेको भन्दै सर्वोच्च अदालतमा  गत जेठ १० गते सर्वाेच्चकाे अदालतकाे संबैधानिक इजलासमा रिट दायर गरेका थिए।

उनले निर्वाचन आयोगमा समेत लामिछानेले अमेरिकी ग्रिन कार्ड त्याग गरेर नेपालको नागरिकता लिने समयअवधिमा पनि प्रश्न उठाउँदै निवेदन दिएका थिए। तर निर्वाचन आयोगले उनको निवेदनमा कुनै कारबाही नगरेपछि सफल सर्वोच्च पुगेका थिए। 

लामिछानेकाे नागरिकताका बिषयमा प्रश्न उठाइएकाे कुनै पनि मुद्दा अब अदालतमा छैन । तर राहदानीकाे बिषयमा उठाइएकाे मुद्दा भने विचाराधीन छ । उनकाे राहदानीका बिषयमा महान्यायाधिवक्ताकाे कार्यालले मुद्दा नचल्ने निर्णय गरेपछि त्यस विरूद्ध पनि सर्वाेच्चमा रिट परेकाे छ ।

प्रतिक्रिया