बेसीशहर, माघ १ गते । बेसीशहरकाे कालिका सहकारीकाे बिषयमा समाचार लेख्दै आएका पत्रकार नवराज पहाडीले सहकारीका पूर्व सञ्चालक र वर्तमान सञ्चालकहरूबीच काटाकाटकाे अवस्था सृजना गराइ हिंसा फैलाउन प्रेरित गर्ने गरी समाचार लेखेकाे भन्दै सहकारीका सञ्चालकहरूले गम्भीर आपत्ती जनाएका छन् ।
उनीहरूले संस्थाका बारेमा समाचार लेख्दा यथार्थमा आधारित रहेर सप्रमाण लेख्न सुझाव दिँदै पीतपत्रकारिताले स्वयं पहाडीकाे समेत भलाे नहुनेतर्फ सचेत गराएका छन् । उनीहरूले गम्भीर बिषयमा समाचार लेख्दा तथ्यपरम लेख्न र श्राेतकाे उल्लेख गर्न समेत सुझाब दिएका छन् । पहाडीकाे समाचारमा संस्थामा आवद्ध केही ब्यक्तिविरूद्ध प्रतिशाेधकाे गन्ध आएकाे भन्दै यस्ता हर्कत बिरूद्ध कानुनी उपचारमा जाने उनीहरूले बताएका छन् ।
पहाडीले सहकारीका केही ब्यक्ति उपर बिषबमन गर्नुका साथै उनीहरूलाइ दाेषी देखाउन हरसम्भब प्रयास गरेकाे र हुँदा हुँदा मारकाट गराउन प्रेरित गर्ने समाचार पस्केर पेशागत मर्यादा र पत्रकार आचार संहिताकाे समेत धज्जी उडाएकाे सञ्चालकहरूले बताए । पहाडीले लेखेकाे गत पुस २२ गते लेखेकाे एक समाचारमा "उक्त साकाेसकाे नामकाे चियासम्म पनि नपिएकाहरू सातलाखे धराैटीमा बस्नु पर्ने स्थिति उब्जन गएकाे हुँदा उनीहरू बरू २–४ जनालाइ छप्काएर जेल बस्न जाति भन्ने स्थितिमा पुगेकाे " भन्ने वाक्यांश उल्लेख भएकाे भन्दै उक्त वाक्यांशले पहाडीले समाचारकाे नाममा हिंसा फैलाएकाे संस्थाका उपाध्यक्ष कृष्ण लामिछानेले बताए ।
अदालतमा विचाराधीन कालिका सहकारी सम्बन्धी मुद्दामा संस्थाका सचिव कृष्ण के.सी. र सदस्य हरिबाबु थापा ७ लाख धराैटीमा छुटेका छन् । त्यसैले उक्त भनाइ उनीहरू दुइमध्ये कुनै एककाे हुनु पर्ने हाे । तर उनीहरूले त्यस्ताे अभिब्यक्ति नदिएकाे बताएका छन् । यसबाट पत्रकार पहाडी आफैले सहकारीका सञ्चालकहरूबीच मारपीटकाे अवस्था सृजना हाेस् भन्ने चाहेर समाचार लेखेकाे पुष्टि हुने देखिन्छ । सहकारी डुबाउन उद्यत केही ब्यक्तिहरूकाे इशारामा पहाडीले उनीहरूबाट लाभ लिएर समाचार लेखेकाे हुन सक्ने अनुमान सहकारीसम्बद्ध ब्यक्तिहरूले गरेका छन् ।
अर्काे एक समाचारमा पनि पहाडीले सञ्चालकहरूलाइ मार्न समेत आफूसम्बद्ध सञ्चारमाध्यमबाट प्रेरित गरेका छन् । पहाडीले पत्रकार आचार संहिताकाे वेवास्ता गर्दै बारम्बार आफू सम्बद्ध सञ्चारमाध्यममा प्रहरीले पक्राउ पूर्जी काटेका कालिका सहकारीका केही पूर्व सञ्चालकहरूले २–४ जनालाइ छप्काउने भनेकाे भन्ने कुरालाइ दाेहाेर्याएका छन् ।
पुस १९ काे अर्काे एक समाचारमा पहाडीले "सञ्चालक सदस्यहरूले समेत पदाधिकारी सरह सजाय भोग्नु पर्ने अवस्था रह्यो भन्ने जवाफ पाइएको छ । यस्तो स्थिति बनाइएपछि निर्दोष रहेका ती साकोसका सदस्यहरूले दिउँसै राँको बाल्नु पर्ने र नाङ्गो खुकुरी बोकेर रिस उठेको मान्छेलाई छप्काउँदै हिडे भने पनि अन्यथा भन्न नमिल्ने स्रोतको दावी छ ।" भनेर लेखेका छन् ।
यस्ताे समाचार लेख्ने पहाडी स्वयं कालिका बचत तथा ऋण सहकारी संस्थाकाे शेयर सदस्य समेत रहेकाे खुलेकाे छ । उनले शेयर फिर्ताका लागि प्रहरीमा उजुरी समेत दिएका छन् भने शेयर फिर्ता नभए कालिकाका सबै सञ्चालकलाइ जेलमा काेचिदिने धम्कीसमेत दिने गरेकाे सुनिएकाे छ ।
कालिका सहकारीमा उस्ताे समस्या नहुँदासमेत उनै नवराज पहाडीले सहकारीकाे समस्या बढाइ चढाइ गरी उनी सम्बद्ध सञ्चारमाध्यममा प्रकाशन प्रसारण गर्ने गरेका र उनैकाे हुँदाे नहुँदाे लेखनीले गर्दा संस्था थप समस्यामा परेकाे संस्थाका सञ्चालकहरूले बताए । संस्थाका ब्यवस्थापक वेदराज खनिया भन्छन्– 'पहाडीले संस्थामा भएकाे र नभएकाे सबै खाले समाचारमात्र लेखेनन् संस्थाका बचतकर्ताकाे घर घर गएर बचत रकम फिर्ता गर्न र मुद्दा मामिलामा जान समेत लगातार प्रेरित गरिरहेकाे हामीले पायाैं ।'
पहाडीले ब्यक्तिगत रिसइबीका कारण उक्त सहकारी सम्बन्धी प्रकाशन गरेका समाचारमा विशेष गरी तत्कालिन सम्पदा सहकारीकाे अध्यक्ष तथा हालकाे एकीकृत संस्थाका उपाध्यक्ष श्रीकृष्ण लामिछाने, तत्कालीन सम्पदाका सचिव तथा हालका समेत सचिव कृष्ण केसी र तत्कालीन कर्पुरेश्वर सहकारीका अध्यक्ष तथा हालका सदस्य मिलन शर्मा दनाइलाइ र संस्थाका ब्यवस्थापक बेदराज खनियालाइ निशाना गरेर समाचार प्रकाशन गरिरहेका छन् । अन्यकाे हकमा उनकाे समाचार उदार बनेकाे देखिन्छ । उनले किन त्यसाे गरे त्याे विस्तारै खुल्दै जाने सम्बद्ध ब्यक्तिहरूले बताए ।
पछिल्लाे समय सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेकाे समाचारमा समेत मृगेन्द्र भन्दा अरू दाेषी भन्ने आशयकाे समाचार लेखेका थिए । उनले समाचारमा घिमिरे पक्राउ परेपछि सहकारी ठगीकाे पाेल खुल्ने कुरा समेत लेखेका थिए । उनले घिमिरेले इन्कारी बयान दिएकाे कुरालाइ प्राथमिकता दिएका छन् । तर अदालतले उनलाइ अरू भन्दा दुइगुणा भन्दा पनि बढी(३० लाख) धराैटी अदालतले मागेकाे बिषयलाइ भने गाैण बनाएका छन् ।
उनै पहाडीले समाचारमा घिमिरे पत्नी बिनिताकाे नाेकरी खाेसेर उनलाइ काेषाध्यक्षकाे पद जबर्जस्ती भिडाइएकाे उल्लेख गरेका छन्त । जबर्जस्ती पद भिडाइएकी बिनिता उनकै गाउँकी चेली हुन् (सायद नाता नै पर्छ) । यसबाट उनले सिधै घिमिरे दम्पतीकाे बचाउ गर्न खाेजेकाे देखिन्छ । उनले संस्थाका सञ्चालक समितका सदस्यमात्र रहेका मिलन शर्मा दनाइर्लाइ पटक पटक "काेषाध्यक्ष" भनेर लेख्नुले पनि उनले प्रयाेजित समाचार लेखेकाे प्रष्ट हुने समितिका सदस्य दनाइले बताए ।
उसाे त पहाडीले सहकारीका केही अन्य सञ्चालकहरूलाइ चाेख्याउन र निर्दाेष सिद्ध गर्न प्रयास समेत गरेकाे भेटिएकाे छ । तत्कालीन कालिकाका सचिव तथा हालका सञ्चालक समितिका सदस्य हरिबाबु थापा र साविक सम्पदा सहकारीका सञ्चालक समितिका सदस्य तैमाया गुरूङलाइ निर्दाेष सावित गर्न उनले भूमिका खेलेकाे बुझिएकाे छ। यसका लागि हिरासतमा रहेका थापालाइ हिरासतमै गइ पक्राउकाे बिरूद्ध पुनरावेदन गर्न उनले सुझाव दिएका थिए । थापा पहाडीका नाता पर्ने ब्यक्ति हुन् । तैमाया गुरूङबाट माेटाे रकम बुझेर पहाडीले उनीहरूलाइ जाेगाउन भूमिका खेलेकाे बेसीशहरमा चर्चा छ । उनले तैमाया गुरूङले मिटर ब्याज चलाएर केहीकाे बिल्लीबाँठ बनाएकाे बिषयमा केही समय अघि एक सञ्चार माध्यममा प्रकाशित समाचारका लागि पैसा लिएर स्वयं खण्डन लेखिदिएका थिए । यसकाे पुष्टि स्वयं तैमाया गुरूङले समेत गरिसकेकी छन् ।
तैमायाकाे ब्यक्तिगत बिषयकाे समाचारका बिरूद्धकाे खण्डनमा सहकारीलाइ समेत मुछेपछि सहकारीका सञ्चालकहरूसंगकाे कुराकानीमा तैमायाले "खण्डन नवराज पहाडीले लेखिदिएकाे र उसले के के लेख्याे मलाइ थाह भएन" भनेकि थिइन् । सहकारीले बचत फिर्ता नदिएकाे भन्दै सञ्चालकविरूद्ध ठगी मुद्दामा जाहेरी दिएकी उनै तैमायाविरूद्ध पनि बचतकर्ताहरूले जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेकाे थियाे । हाल उनी फरार छन् ।
कल्पना शर्मा दनाई