आफूले खनेको खाल्डोमा आफै परिन तैमाया गुरुङ : प्रहरी खोज्दै

बेसीशहर । आफूले खनेको खाल्डोमा आफै परिन्छ भन्ने नेपाली उखान अहिले लमजुङ बेसीशहर निवासी एक महिलाको हकमा ठ्याक्कै लागु भएको छ । 

लमजुङको  दोर्दी गाउपालिका–५, पाचोक घर भई हाल बेसीशहर नगरपालिकाको  वडा नं. ८ बस्ने तैमाया गुरुङको हकमा यो उखान चरितार्थ भएको हो । लमजुङको सदरमुकाम बेसीशहरमा रहेको कालिका सहकारीका संचालकहरुले आफ्नो वचत रकम नदिएको भन्दै प्हरीमा उजुरी गरेकी गुरुङको जाहेरीले अहिले सहकारीका ७ जना सञ्चालकहरु माथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।  उनीहरु प्रहरी हिरासतमा छन् । 

जिल्ला प्रहरी कार्यालयले पछिल्लो पटक जाहेरीवाला तैमाया गुरुङलाई समेत सहकारी ठगी मुद्धामा पक्राउपुर्जी जारी गरेपछि भने उनी फरार भएकी छन् । प्रहरीका अनुसार तैमाया गुरुङ उक्त सहकारीको पूर्व संचालक हुन् । साविकको करपुरेश्वर, सम्पदा र कालिका सहकारी एकीकरण भई कालिका सहकारी बनेको तैमाया गुरुङ साविक सम्पदा सहकारीको संचालक थिईन् । साविक संस्थाहरुले संस्थाको वचत, ऋण वा अन्य विषयमा कुनै कैफियत देखिएमा व्यहोर्ने गरी कानुनी कागजातमा सहिछाप गरे अनुसार अहिले उनी विरुद्ध समेत वचतकर्ताहरुले प्रहरीमा जाहेरी दिएका हुन् । 

तैमाया गुरुङ सहकारी रजिष्ट्रारको कार्यालयले गरेको उक्त सहकारीको आर्थिक विश्लेषण उपर गरिएको छानवीन प्रतिवेदनमा समेत सम्पति सुद्धिकरणमा पठाउनु पर्ने गरी राय व्यक्त गरिएका पात्र हुन् । उनले सहकारीमा रकम जम्मा गर्दा सम्पतिको श्रोत नखुलाएको आरोप छ । उनले कालिका सहकारीमा ४५ लाख भन्दा बढी रकम वचत राखेकीमा उक्त रकमको श्रोत नखुलको भन्दै प्रतिवेदनमा यस सम्बन्धमा सम्पति सुद्धिकरण आयोगमा मुद्धा चलाउन राय व्यक्त गरिएको छ । 

तैमाया गुरुङ सहकारी एकीकरण पूर्व साविक सम्पदाको संचालक समितिमा रही हालको संस्थामा पनि महिला समितिमा रहेको बताइन्छ । संस्थालार्ई अहिलेको अप्ठेरो  अवस्थामा पु¥याउन उनको समेत भूमिका रहेको संचालकहरु बताउँछन् । संस्थालाई अप्ठेरो पर्दा समितिलाई सहयोग गर्नुको सट्टा संगठित समूह बनाएर संस्थाका विरुद्ध काम गरेको संचालकहरुले बताए । 

वचतकर्ताहरुको वचत फिर्ता गर्न हालका र साविका संस्थाका समेत संचालकहरुले  आफ्नो घर, जाय जेथाबाट संस्थामा रकम जम्मा गरि वचत फिर्ता गरिरहेको अवस्थामा गुरुङ भने संचालकहरुलाई थुनाउन मुद्धा मामिलामा लागेको बेला उनी विरुद्ध समेत केही बचतकर्ताले उजुरी गरेपछि उनी पोखरामा लुकेर बसेकी श्रोतले बतायो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक थानेश्वर चपाँइले गुरुङ सँगै प्रक्राउ पुर्जी जारी भई फरारहेका थप २७ जनाको खोजी भईरहेको बताए । 


प्रतिक्रिया