बेसीशहर, जेठ १४ गते । लमजुङको बेसीशहर नगरपालिका वडा नंं ६ निवासी एक किशोरी विगत दुईसातादेखि बेपत्ता भएकी छन् ।
बेसीशहर नगरपालिकाको वडा नंं ६ मकैडाँडाबाट १८ बर्षकी किशोरी नविना भण्डारी बेपत्ता भएकी हुन् । दुईसातादेखि घरबाट बेपत्ता भएकी उनी जतसुकै खोजी गर्दासमेत नभेटिए पछि उनको परिवार चिन्तामा छ । मकैडाँडाका रुद्र बहादुर भण्डारी र उर्मिला भण्डारीका तीन सन्तानमध्ये सबै भन्दा कान्छी नविना बेपत्ता भएपछि परिवारले खोजी गरिदिन सञ्चार माध्ययममार्फत अनुरोध गरेका छन् ।
दाजु नारायणका अनुसार उनी स्थानीय विद्यालयमा ८ कक्षाकाे परीक्षा दिएर बसेकी थिइन् । गत माघमा समेत यसरी नै घरबाट बेपत्ता भएकी उनी काठमाडौंमा भेटिएपछि आफन्तले घर लिएर आएका स्थानीयले बताए । त्यसपछि घरमा बस्दै आएकी उनी पुनः दुईसातादेखि बेपत्ता भएपछि भण्डारी परिवारमा चिन्ता बढेको छ ।
उनकी आमा उर्मिला भण्डारीले छोरीले गएको माघमा आफ्नी माइजुसंग यिनीहरुलाई मलाई खोज्नुपर्ने बनाउँछ भुनेको आफूले सुनेको भन्दै भने अनुसार नै बेपत्ता भएपछि घर परिवार चिन्ताग्रस्त भएको भन्दै जहाँ भए पनि सम्पर्कमा आइदिन अनुरोध गरिन् ।
नविनाका दाजु नारायण भण्डारीले समेत बहिनीलाई जहाँ भए पनि घर फर्कन अनुरोध गर्दै भने जहाँ भए पनि सम्पर्कमा आउन र जो कसैले देखे पनि परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरे ।
मकैडाँडाबाट गत बैशाख २८ गते हरेराम रिमाल नाम गरेका युवा समेत बेपत्ता भएका थिए । ११ दिनपछि उनको शब बेसीशहर ६ बेलौति विसौना नजिकै मस्र्याङदी नदी किनारमा भेटिएको थियो ।
मिलन शर्मा दनाई