साहित्यकार रमेशचन्द्र र नवीनचन्द्र घिमिरेलाइ मातृशाेक

लमजुङका साहित्यकारहरू नेपाली लेखक संघ गण्डकी प्रदेशका सचिव, साहित्यकार एवं इशानेश्वर क्याम्पस भाेर्लेटारका क्याम्पस प्रमुख रमेश चन्द्र घिमिरे एबं नेपाली लेखक संघका पूर्व केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई  मातृशाेक परेकाे छ ।

साहित्यकारद्वय घिमिरेकी  आमा भीष्मकुमारी घिमिरेकाे ७९ बर्षकाे उमेरमा बिहीबार राती निधन भएकाे हाे । केही महिनादेखि काठमाडाैंमा रहँदै आएकी घिमिरेकाे स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारार्थ पाटन अस्पतालमा भर्ना गरिएकाेमा बिहीबार राती निधन भएकाे पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।

स्वर्गिय घिमिरेकाे पार्थिव शरीरलाई मध्यनेपाल नगरपालिका वडा नंं ६ भाेर्लेटारस्थित घरमा ल्याइ अन्तिम श्रद्धाञ्जली दिइ आजै पवित्र माहिन्द्री गंगा तटमा अन्तिम संस्कार गरिने छ ।


छाेरा, छाेरी र नाती नातिनासंग भीष्मकुमारी घिमिरे

स्व. घिमिरेका श्रीमान् पूर्णचन्द्र घिमिरेकाे काे ३७ बर्षअघि ४९ बर्षकाे अल्पायुमै निधन भएकाे थियाे । उनी साहित्यकारसंगै तत्कालीन ईशानेश्वर माविकाे प्रअ समेत थिए । उनका ५ सन्तानमध्ये जेठा छाेरा सुरेशचन्द्र घिमिरे तनहूँ सदरमुकाम दमाैलीमा ब्यवसाय गरि बस्छन् । दुई छाेरीहरू सुशिला शर्मा र सरिता शर्मासमेत तनहूँ दमाैलीमा राजनीति र समाजसेवामा समर्पित छन् । 


छाेरा, छाेरी, बुहारी र नाती नातिनासंग भीष्मकुमारी घिमिरे

अल्पायुमै श्रीमानकाे निधन भए पनि दुःखजिलाे गरेरै पनि सफलतापूर्क पारिवारिक जिम्मेवारी पूरा गरेकी स्व. भीष्मकुमारी स्वयं समेत राजनीति र समाजसेवमा समर्पित थिइन् । भाेर्लेटार क्षेत्रकै असल अभिभावकका रूपमा रहेकी स्व. घिमिरे नेपाल महिला संघ जिल्ला कार्यसमिति लमजुङकाे पूर्व सदस्य, करापुटार (साविक) तथा मध्यनेपाल नेपाली काँग्रेस नगर कार्यसमितिको सल्लाहकार सदस्य, नेपाली काँग्रेसकाे क्षेत्रीय प्रतिनिधि समेत रहेकी थिइन् ।

स्व. घिमिरे शानेश्वर क्याम्पस सञ्चालक समिति तथा ईशानेश्वर मा. वि. व्यवस्थापन समितिकाे पूर्व सदस्य, कुसुमाकर मा.वि., ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति लगायतका विभिन्न संघ संस्थाको आजीवन सदस्य समेत हुन् । उनी भाेर्लेटारकाे ईशानेश्वर मा.वि र ईशानेश्वर क्याम्पसकाे चन्दादाता र आजीवन सदस्य हुन् ।

माकाे सम्मानमा उनका कान्छा छाेरा नवीनले आफ्नाे साहित्यिक उपनाम "भीष्मपुत्र" राखेका छन् ।

प्रतिक्रिया