बलत्कार मुद्दामा सन्दिप लामिछानेले पाए सफाइ

काठमाडौं, जेठ २ गते । नेपाली क्रिकेट राष्ट्रिय टीमका पूर्व क्याप्टेन क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।

उनकाे मुद्दामा बुधवार सुनुवाइ गर्दै उच्च अदालत, पाटनले उनलाइ सफाइ दिएकाे हाे । उच्च अदालतका न्यायाधीश सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको संयक्त इजलासले यसअघि काठमाडाैं जिल्ला अदालतकाे फैसलालाइ उल्ट्याउँदै सन्दिपलाइ सफाइ दिएकाे हाे । काठमाडाैं जिल्ला अदालतले सन्दिपलाइ गत पुस १३ गते बलत्कार मुद्दामा दाेषी ठहर गर्दै ८ बर्षकाे सजाय सुनाएकाे थियाे । यस विरूद्ध सन्दिपले उच्च अदालतमा अपील गरेका थिए ।

२०७९ भदाै ५ गते गाैसला २६ले सन्दिपले काठमाडाैं सिनामंगलकाे एक हाेटलमा लगि बलत्कार गरेकाे भन्दै पीडित गौशला २६ ले भदाै २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दिप राष्ट्रिय टीमबाट खेल्न बिदेश गएका थिए । उनलाइ पक्राउ गर्न प्रहरीले इन्टरपाेलमा सूचना जारी गरेकाे थियाे । २०७९ असाेज २० मा स्वदेश फर्किएका सन्दिपलाइ बिमानस्थलबाटै प्रहरीले पक्रेकाे थियाे ।

जिल्ला अदालत काठमाडाैंले पुर्पक्षका लागि थुनामा पठाएकाे उनलाइ उच्च अदालत, पाटनले पुस २९ गते २० लाख धराैटी लिएर छाेडेकाे थियाे । २०८० पुस १३ गते जिल्ला अदालत काठमाडाैंले सन्दिपलाइ दोषी ठहर गर्दै ८ बर्ष जेल सजाय सुनाएकाे थियाे । यस विरूद्ध सन्दिपले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया