बेसीशहर, माघ ६ गते । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक शनिबार बेसीशहरमा भब्यताका साथ सम्पन्न भएको छ ।
लमजुङमा रहेका लायन्स क्लवकाका चार वटा क्लवहरू लायन्स क्लब अफ लमजुङ बेसीशहर, लायन्स क्लब अफ लमजुङ, टुगेदर वि क्यान, लायन्स क्लब अफ लमजुङ, लमजुङ दरबार र लायन्स क्लब अफ लमजुङ, ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा भएको वैठकमा लायन्स क्लव डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत देशका विभिन्न भागका एकसय ८० क्लवका १ हजार बढी लायन्स अगुवाहरुले सहभागिता जनाएका थिए ।
वैठकका लागि लमजुङ सदरमुकाम बेसीशहरस्थित फुलबारी मञ्चलाइ झकिझकाउ गरिएको थियो । वैठको पूर्वसन्ध्यामा शनिबार बिहान बेसीशहर बजारमा प्रभातफेरि गरिएको थियो । यसअघि शुक्रबार बेसीशहरमै लमजुङको पर्यटन प्रबद्र्धनमा लायन्स क्लवको भूमिका विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो ।

गोष्ठीमा बोल्दै प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका एसिआई लिडर राजन लम्सालले लमजुङको पर्यटन विकासका लागि दिर्घकालिन सोचका साथ अघि वढ्न सुझाव दिँदै लमजुङको पर्यटन प्रबद्र्धनमा लायन्स क्लव हातेमालो गर्न तयार रहेको बताए । उनले लायन्सको तेस्रो क्याविनेट बैठकमा देशका विभिन्न भागबाट लायन्सहरु सहभागी भएका भन्दै लायन्सहरुको माध्यमबाटै लमजुङको पर्यटकीय स्थलको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले लमजुङमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै लमजुङको पर्यटन प्रबद्र्धनमा हातेमालो गर्न लायन्स क्लवलाई आग्रह गरे ।
ंकार्यक्रमा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, क्व्होलसोथार गाउँपालिकाका अध्यक्ष सुर्य गुरुङ, राइनासका उपमेयर पुष्प खनाललगायतले आफ्ना पालिकामा पर्यटकीय सम्भावना र लायन्स क्लवले खेल्न सक्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।
क्याविनेट वैठकमा उत्कृष्ट कार्य गर्ने लायन्स अगुवाहरुलाई अवार्ड वितरण गर्नुका साथै लायन्स अन्तर्गतका विभिन्न ब्याजहरु वितरण गरिएको थियो ।
क्याविनेट वैठकका क्रममा लमजुङका उपज लोक स्वर सम्राट राजु परियारलाई सम्मान गरिएको थियो ।
शनिबार साँझ मनोक्रान्ति अभियानका द्रष्टा डा.योगी विकासनन्दले जीवन जिउने कलासम्बन्धी संक्षिप्त प्रवचनका साथमा सम्मोहन सम्बन्धी प्रत्यक्ष प्रयोग देखाएका थिए ।
कल्पना शर्मा दनाई