लमजुङमा चट्याङका कारण एकजनाकाे मृत्यु भएकाे खबर सत्य हाेइनः प्रहरी

मिलन शर्मा दनाई

बेसीशहर, असार १२ । लमजुङकाे क्व्होलासोथार गाउँपालिका-७ तल्लो चरागाउँमा चट्याङका कारण एक जनाकाे मृत्यु भएकाे भन्ने खबर सत्य नभएकाे प्रहरीले जनाएकाे छ ।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा गएराती परेकाे चट्याङ लागेर तल्लाे चरागाउँमा एक जनाकाे मृत्यु भएकाे भन्ने खबर सार्वजनिक भएकाे थियाे । तर प्रहरीले भने मृत्यु भएका भनिएका ब्यक्तिकाे हृदयघातका कारण मृत्यु भएकाे जनाएकाे छ । चट्याङका कारण मानिसकाे मृत्यु भएकाे भनि खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेकाे र प्रहरीले बुझ्दा उनकाे मृत्युका कारण हृदयघात भएकाे पाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाइँले जानकारी दिए ।

घटनास्थलमा चट्याङ परेकाे र शबमा पनि चट्याङ लागेर मृत्यु भएकाे कुनै संकेत नदेखिएकाे चापागाइँले बताए । उनका गएराती २ बजेतिर भुजेलकाे घर भन्दा करीब ७ सय मिटर पर चट्याङ परेकाे र वरपरका घरहरूमा बिजुलीकाे मिटरकाे एमसिभी झरेकाे पाइएकाे छ ।

भुजेललाइ हृदयघात हुनु र चट्याङ पर्नु एकै समयतिर भएकाे हुन सक्ने तर उनलाइ चट्याङ भने नलागेकाे गिलुङ प्रहरीलाइ उद्धृत गर्दै चापागाइँले बताए ।


प्रतिक्रिया