बेसीशहरमा आज पुलिस र चामे भिड्दै (लाइभ)

बेसीशहर, पुस १६ गते । बेसीशहरमा सञ्चालन भइरहेको ३१ औंं त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगिता अन्तर्गत आज पनि तीनवटा खेल सम्पन्न हुँदै छन् ।

प्रतियोगिताको चौथो दिन आज बिहान आज विभागीय टीम नेपाल प्रहरीको महेन्द्र पुलिस क्लवले चामे युवा समाजको सामना गर्दैछ । आजको पहिलो खेलमा उपाधिको दावेदार मानिएको नेपाल प्रहरीलाई रोक्न चामे युवा समाजका खेलाडीहरु सक्षम हुन्छन् वा हुँदैनन् केही बेरपछि नै थाह हुनेछ ।

शनिबारको खेलमा अर्को विभागीय टीम त्रिभुवन आर्मी क्लवलाई नेपाल भानु युनाइटेडले आच्छु आच्छु पारेको थियो ।

सोमबारको दोस्रो खेल बेसीशहरको लमजुङ मर्स्याङदी युवा क्लव र सुन्दरबजार फुटबल क्लवबीच हुने छ । लमजुङ मर्स्याङदी युवा क्लव बाइमा परेको हो । सुन्दरबजार फुटबल क्लव प्रतियोगिताको पहिलो खेलबाट आयोजक त्रिवेणी युवा क्लवलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।

सोमबारको तेस्रो तथा अन्तिम खेल बेसीशहर नगरपालिका र बेसीशहर युथ सोसाइटीबीच हुने छ । यसअघि बेसीशहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

हेर्नुहाेस फुटबल लाइभः



प्रतिक्रिया