त्रिवेणी कप फुटबलः शुक्रबार तीन खेल सम्पन्न

लमजुङको बेंसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रव्यापी फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलबाट ठडराइ अधिकारी समाज दिहीथाेक, सामाना युवा क्लव तुरतुरे र बेसीशहर नगरपालिका विजयी भइ दाेस्राे चरणमा प्रवेश गरेका छन् ।


शुक्रबार भएकाे अन्तिम खेलमा पेन्गुइन एजुकेशन भरतपुर २४ लाई ३–१ गाेल अन्तरले हराउँदै  बेसीशहरकाे ठडराइ अधिकारी समाज दाेस्राे चरणमा प्रवेश गरेकाे छ । पहिलाे हापमा खेलकाे शुरूवातदेखि नै ठडराइ अधिकारी समाजका खेलाडीले पेन्गुइनलाइ दवावमा राखे । दिहीथाेकका लागि खेलकाे १५ मिनेटमै जर्सी नं. २० का सुनिल चाैधरीले पहिलाे गाेल गरे । लगत्तै २१ औं मिनेटमा  उनै चाैधरीले दिहीथाेकका लागि दाेस्राे गाेल गरे । खेलकाे ३२ अाैं मिनेटमा दिहीथाेकका लागि अनिल चाैधरीले तेस्राे गाेल गरी खेललाइ ३–० काे अग्रता दिलाए ।



दाेस्राे हापमा भने रणनीति परिवर्तन गर्दै पेन्गुइन भरतपुरका खेलाडीले दिहीथाेकलाइ निकै दवाव दिए । दाेस्राे हाप पुरै भरतपुरकाे नियन्त्रणमा रहे जस्तै भए पनि भरतपुरका खेलाडीले गाेल गर्न सकेनन् । उनीहरूले जतिसुकै प्रहार गरे पनि दिहीथाेकका गाेल रक्षक नवीन सिलवालले उत्कृष्ट बचाउ गरे ।



खेल सकिन २ मिनेट मात्रै बाँकी रहँदा पेन्गुइनका लागि जर्सी नं. ६ का मनिष गिरीले एकमात्र सान्त्वना गाेल गरे । याे संगै पेन्गुइन भरतपुर प्रतियाेगिताबाट बाहिरिन बाध्य भयाे ।



बेसीशहरकाे सहजी खेलमैदानमा  शुक्रबारै भएकाे दाेस्राे खेलमा सामना युवा क्लव तुरतुरे काष्ठमण्डप भुइँखेल फुटवल क्लव काठमाडौंलाई १–० गोलले पराजित गरि दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।  सामनाको लागि  जर्सी नंं ११ का रोशन क्षेत्रीले पहिलो हाफको १७ औं मिनेटमा गाेल गरे । उनकाे याे गाेल नै खेल जित्नका लागि निर्णायक बन्न पुग्याे । काष्ठमण्डपका खेलाडीले खेल अबधिभर जतिसुकै प्रयास गरे पनि गाेल भने गर्न सकेनन् ।

शुक्रबारकै पहिलाे खेलमा बेंसीसहर नगरपालिकाले दोर्दी गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै दाेसाे चरणमा प्रवेश पाएकाे छ । बेंसीसहरका लागि धिरज तामाङले पहिलो हाफको ६ मिनेटमै पहिलाे गाेल गरे । बेसीशहरका लागि दाेस्राे हापकाे ११ औं मिनेटमा सन्दिप गिरीले  दाेस्राे गाेल गरे ।

शुक्रबार बिजयी भएका ठडराइ अधिकारी समाज दिहीथाेकले पुस १७ गते लाङ्दी देवी युवा क्लव नाल्मासंग खेल्नेछ । बेंसीसहर नगरपालिकाले र बेंसीसहर युथ सोसाइटीसंग पुस १६ गते खेल्नेछ भने समाना युवा क्लव तुरतुरेले  लालीगुराँस युवा क्लब भुजुङसंग पुस १७ गते अर्काे खेल खेल्ने छ ।

शनिबारको पहिलो खेल क्वीन गोर्खाज सिग्नल्स् फुटवल क्लव युके र अभिषेक चर्च रजहरबीच बिहान साँढे ९ बजे , दोस्रो खेल एलजी एसोसिएसन पोखरा र बाग्मती फुटवल क्लव सर्लाहीबीच दिउँसो साँढे १२ बजे र विभागीय टीम त्रिभुवन आर्मी र नेपाल भानु युनाइटेडबीच दिउसाे साँढे २ बजे खेल हुने आयोजक त्रिवेणी युवा क्लवका सचिव प्रविन वाग्लेले बताए। 

प्रतिक्रिया