नक्कली भुटानी शरणार्थी प्रकरणः भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष समशेर मिया पक्राउ

काठमाडाैं, जेठ ४ गते । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले लामो समयसम्म भुटानी शरणार्थीको नेताका रूपमा काम गरेका टेकनाथ रिजाल र हज समितिका अध्यक्ष समशेर मियालाइ पक्राउ गरेकाे छ ।

यस प्रकरणमा उनीहरूकाे समेत संलग्नता देखिएपछि उनीहरूलाइ पक्राउ गरिएकाे बुझिएकाे छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रिजाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको बताए । 

प्नहरीले याे प्रकरणमा रिजालको भूमिकाबारे प्रष्ट पारेकाे छैन, यद्यपी रिजाल र याे प्रकरणमा पक्राउ परेकाहरूबीच केही  अार्थिक लेनदेन  देखिएकाे श्राेतले बताएकाे छ ।

यस प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका नेकपा (एमाले) सांसद टोपबहादुर रायमाझीसँग मियाँको निकट सम्बन्ध रहेकाे र त्यही सम्बन्धका आधारमा मियाँ २०७५ पुसमा हज समितिको अध्यक्षमा नियुक्त भएका थिए। 

प्रतिक्रिया