बेसीशहर, साउन ३ गते । गाेरखा वेलफेयर ट्रष्ट नेपालले लमजुङकाे दाेर्दी गाउँपालिकालाइ ५ लाख बढीका विपदमा प्रयाेग हुने उद्दार सामग्री हस्तान्तरण गरेकाे छ ।
गाेरखा वेलफेयर ट्रष्ट नेपाल/उत्थानशील खानेपानी सरसफाइ तथा विपद् तयारी कार्यक्रमको तर्फबाट लमजुङकाे दाेर्दी गाउँपालिकामा रहेकाे स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका लागि विपद्रका बेला खोज तथा उद्दार कार्यमा प्रयोग हुने ७२ प्रकारका सामाग्रीहरु हस्तान्तरण गरिएकाे हाे ।

मंगलबार गाउँपालिकाकाे कार्यालयमा एक समाराेहबीच ट्रष्टका सिनियर साेसल सुपरभाइजर सुनिता गुरुङले ती सामग्री दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेलाई हस्तान्तरण गरेकी हुन् ।

गाउँपालिकाका उपाध्यक्ष घलेले ट्रष्टबाट प्राप्त भएका ती उद्धार सामग्रीहरू आवश्यकता अनुसार गाउँपालिका भित्र परिचालन गरिने जानकारी दिँदै सहयाेगका लागि ट्रष्टलाइ धन्यवाद दिए । दोर्दी गाउँपालिका भौगोलिक रूपमा विपद्रकाे जाेखिम क्षेत्रमा रहेकाे भन्दै उनले भने– "पालिकाकाे अवस्था र अबश्यकतालाई मध्यनजर गर्दै विपदमा अति आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराएकामा गाेरखा वेलफेयर ट्रष्ट प्रति गाउँपालिकाकाे तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।"

ट्रष्टका सिनियर साेसल सुपरभाइजर सुनिता गुरुङका अनुसार विपद्का बेला चाहिने लाइफ ज्याकेट, त्रिपाल, अग्नि समन यन्त्र, गैंची, बेल्चा, कराैंती, गल, डाेरी, जुत्ता, बाल्टी, घन, रेञ्ची, हेम्मर, हाते माइक लगायतका सामग्री गाउँपालिकालाइ हस्तान्तरण गरिएकाे हाे ।
18 Jul 2024
मिलन शर्मा दनाई