काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची खानेपानी आयोजनामा यांगी र लार्के खोलाको पानीसमेत मिलाएर काठमाडौंमा वितरण गर्न सरकारको तर्फबाट प्रतिबद्धता जनाएका छन् ।
मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि शनिबार हेलम्बु पुगेका प्रधानमन्त्री प्रचण्डले आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने पनि बताए ।
दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको भन्दै भने- “मलेम्ची खानेपानी आयोजना सम्पन्न भयो भनेर विकास समिति खारेज गरिएको थियो, त्यसबाट आयोजनालाई व्यवस्थापन गर्न समस्या भएकातर्फ मेरो ध्यानाकर्षण भएको छ ।
सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउँदै आयोजनालाई नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सरकारको पूणर् सहयोग हुनुपर्नेमा जोड दिए ।