बाहुनडाँडामा प्रहरी चौकी भवनको उद्घाटन

बेसीशहर, बैशाख १३ । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नं. ६ बाहुनडाँडामा हालै निर्माण सम्पन्न भएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।

कूल ३ करोड १० लाख ४९ हजार ६७८ रुपैयाँको लागतमा बनेको उक्त भवनको नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक फडिन्द्र बरालले उद्घाटन गरेका हुन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ बिशिष्ट अतिथि थिए । 


उद्घाटन कार्यक्रममा मस्र्याङदी गाउँपालिकाका उपप्रमुख जुनामाया थापा, नेपाली सेनाका प्रमुख सेनानी चित्रबहादुर कार्की, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिनबहादुर घले, टिएसटी प्रनाउ ई.ध्रुब अधिकारीलगायत जनप्रतिनिधि शिक्षक, आमा समुह, युवा क्लबका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

५ रोपनी क्षेत्रफलमा बनेको उक्त भवन साढे २ तला र ९ कोठाको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए ।

प्रतिक्रिया