आरन सुधार कार्यक्रम अन्तर्गत सुन्दरबजारमा आधुनिक सामग्री वितरण

सुन्दरबजार । लमजुङकाे सुन्दरबजार नगरपालिकाले परम्परागत आरन सुधार कार्यक्रम अन्तर्गत आरनका आधुनिक सामग्री वितरण गरेकाे छ ।

परम्परागत आरन चलाउँदै आएका विश्वकर्मा समुदायकाे पेशालाइ सहज बनाउन ती सामग्री वितरण गरिएकाे हाे । परम्परादेखि आरनकाे पेशा सञ्चालन गर्नेहरू अहिले पलायन हुँदै गरेकाे सन्दर्भमा नगरपालिकाले प्रविधिकाे माध्यमबाट काममा सहयाेग पुगाेस् र  उनीहरूकाे अाम्दानी पनि बढाेस् भनि ११ जनालाइ  ती  सामग्री वितरण गरिएकाे सुन्दरबजारका नगरप्रमुख कृष्ण काेइरालाले बताए ।



प्रतिक्रिया