बेसीशहर, असार १७ गते । लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यानले साेमबार बेसीशहरमा बृक्षाराेपण गरेकाे छ ।
क्लवकाे बर्ष २०२४–२०२५ काे नयाँ कार्यसमितिले साेमबारबाटै कार्यभार शुरू गरेकाे दिन पारेर साेमबार बेसीशहरकाे करपुरेश्वर मन्दिर परिसरमा बृक्षाराेपण गरिएकाे हाे । धार्मिक तथा ऐतिहासिक महत्वकाे करपुरेश्वर मन्दिर परिसरमा बेलपत्र, रूद्राक्ष, वीरेन्द्र फूल लगायतका बिरूवा राेपिएकाे हाे ।
क्लवका अध्यक्ष पार्वती कुँवरकाे अध्यक्षाता र जन्मदिनमा बृक्षाराेपण अभियानका अध्यक्ष बासुदेव सेढाइँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यानका संस्थापक अध्यक्ष एवं लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ (I) का डिस्ट्रिक्ट काेअर्डिनेटर पायल शर्मा, टुगेदर वी क्यानका पूर्व अध्यक्ष सरिता सापकाेटा लगायत लायन्स क्लवका पदाधिकारी एवं सदस्यहरूकाे सहभागिता थियाे ।
कार्यकाल शुरू भएकाे पहिलाे दिन केही रचनात्मक काम गराैं भन्ने भावनाले मन्दिर परिसरमा बृक्षाराेपण गरिएकाे क्लवका सेक्रेटरी कल्पना शर्मा दनाइले बताइन् ।
एक महिना अघि निर्वाचित भए पनि क्लवकाे नयाँ समितिकाे कार्यकाल आजबाट शुरू भएकाे हाे । लायन्स क्लवकाे नयाँ कार्यकाल अंग्रेजी मिति जुलाइ १ देखि सुरु हुने प्रचलन छ ।
यसैबीच लायन्स क्लव अफ लमजुङ लमजुङ बेसीशहर र लायन्स क्लव अफ लमजुङ लमजुङ दरबारले पनि कार्यकाल शुरू भएकाे दिनकाे अवसरमा बेसीशहरकाे गाैंथली डाँडा पार्कमा बृक्षाराेपण गरेकाे छ ।
क्लवका पदाधिकारी तथा सदस्यहरूले गाैंथलीडाँडा पार्कमा गाेडमेल र सरसफाइ समेत गरेका लायन्स क्लव अफ लमजुङ लमजुङ दरबारका सेक्रेटरी किसान संगीतले जानकारी दिए ।

खबरकुञ्ज