डहरेमा जीप दुर्घटना हुँदा १ जनाकाे मृत्यु

बेसीशहर, चैत २३ गते । लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नं. ६ डहरेमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ ।

निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाको जीप दुर्घटना हुँदा जीप चालक रोल्पाको त्रिवेणी गाउँपालिका-४ घर भएका ३७ वर्षीय वीरसिंह दमाईकाे घटनास्थलमै मृत्यु भएकाे लमजुङ प्रहरीले जनाएको छ ।

आयोजनाकाे निर्माणस्थलमा कामदार पुर्‍याएर फर्कने क्रममा शुक्रबार बिहान सवा ९ बजेतिर न्यादी सुपर हाइड्रोको आउटलेट नजिकै घुम्तीमा  जीप  दुर्घटना भएको थियाे । जीप सडकदेखी करिब ४ सय मिटर तल खसेको र चालक दमाई मृत अवस्थामा भिरमा अड्किएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाइँले जानकारी दिए ।

भीरमा अड्केकाे चालककाे शब डोरीको सहयताले निकालिएकाे थियाे । घटनास्थलकाे अनुसन्धान गरी शव परीक्षणको लागि लमजुङ जिल्ला अस्पताल बेसीसहर ल्याइएको  चपाईले बताए ।

प्रतिक्रिया