जीप दुर्घटनामा परी लमजुङकाे सुन्दरबजारमा एकजनाकाे मृत्यु

बेसीशहर । लमजुङको सुन्दरवजारमा गएराती जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरवजार नगरपालिकाकाे वडा नं. २, परेवाडाँडाकाे सुन्तलेटारमा गएराती करीब १ बजेतिर जीप दुर्घटना भइ जीपका चालक ३६ वर्षिय मंगलप्रसाद सेढाईको मृत्यु भएको हो । 


तनहुँको भानु नगरपालिका वडा नंं १०, टुहुरेपसलबाट सुन्दरबजारकाे सुन्तलेटार तर्फ आउदै गरेको ग १ ज ७२७२ नम्वरको बाेलेराे जीप गएराती दुर्घटनाग्रस्त भएकाे र मंगलबार बिहान मात्र दुर्घटनाबारे स्थानीयले थाह पाएका  थिए । सडकमा दुर्घटनाग्रस्त जीप देखेपछि हेर्न गएका स्थानीले जीपचालकलाइ त्यहीँ मृत अवस्थामा भेटेपछि प्रहरीलाइ खबर गरेका थिए ।


स्थानीयले खबर गरेपछि  इलाका प्रहरी कार्यालय सुन्दरवजारबाट खटिएकाे प्रहरी टोलीले घटनास्थल पुगी दुर्घटनास्थलकाे जाँच गरी शबलाइ पाेष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएकाे छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट करिव १० मिटर तल खसको थियाे । जीप चालक जीपले किचिएकाे अवस्थामा फेला परेका थिए ।


प्रतिक्रिया