इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल बिरूद्ध याैन दुर्ब्यवहार मुद्दा

खबरकुञ्ज

बेसीशहर, फागुन १४ गते । चर्चित इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरूद्ध काठमाडौं जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। 

कँडेलविरूद्ध एक महिलाले आफूलाइ कँडेलले पटक पटक यौन दुर्ब्यवहार गरेको भन्दै अदालतमा मुद्दा दर्ता गरेकी हुन् । ती पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको माग गरेकी छन्।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले पटक पटक यौन दुर्व्यवहार गरेको र आफूसंग यसको थुप्रै प्रमाण रहेको भन्दै  गुनासो समेत गर्दै आएकी थिइन् ।

कँडेल विरूद्ध साेमबार मुद्दा दायर भएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले पुष्टि गरेका छन् । 

मुलुकी अपराध संहिता २०७४ को दफा २२४ मा यौन दुर्व्यवहारलाई कसूर उल्लेख गरिएको छ। कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। मुद्दा दायर गर्ने ती पीडित महिलाले हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेकी छन्।

यस्ताे छ मुलुकी अपराध संहिता २०७४ काे दफा २२४ काे ब्यवस्था ः


प्रतिक्रिया