लायन्सद्वारा दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण

कल्पना शर्मा दनाई

बेसीशहर, साउन २६ गते । लायन्स क्लब अफ लमजुङ, टुगेदर वी क्यानले लमजुङका दृष्टिबिहीनहरुलाई सेतो छडी वितरण  गरेको छ ।

बेसीशहरमा एक कार्यक्रमको आयोजना गरी क्लवले अपाङ्ग संरक्षकण समाज लमजुङमार्फत दृष्टिबिहीनहरुका लागि १० वटा सेतो छडी हस्तान्तरण गरेको हो ।

दृष्टिबिहीन भएका ब्यतिहरुको दैनिक जिवनयापनलाई सहज बनाउन र आबागमन गर्न सहज बनाउन सेतो छडी हस्तान्तरण गरिएको क्लवका अध्यक्ष पार्वती कुँवरले जानकारी दिइन् । लायन्स क्लवले सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको जानकारी दिँदै उनले आगामी दिनहरुमा पनि अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्रीहरु अपाङ्ग संरक्षण समाज लमजुङसंग सहकार्य गरी बितरण गराउने बताइन् ।

कार्यक्रममा अपाङ्ग संरक्षण समाजका अध्यक्ष चन्द्रकान्त पौडेलले सामाजिक उत्तरदायित्व वहन गर्दै दृष्टिबिहीनहरुलाई आवत जावतमा सहज होस् भनि सेतो छडी वितरण गरेकामा क्लवलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु राज्यले स्थानीय तहमै गर्नु पर्ने भए पनि नगरेको भन्दै दुःख प्रकट गरे ।


कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष बिन्दु कुमाल, सस्थापक अध्यक्ष पायल शर्मा, अपाङ्ग संरक्षण समाजका सचिव सिताराम बसेल  लागायतको उपस्थिति थियो । लायन्स क्लव अफ लमजुङ टुगेदर वी क्यानका अध्यक्ष पार्वती कुवरको अध्यक्षतामा भएको कार्यक्रम क्लबका सचिव कल्पना शर्मा दनाईले सञ्चालन र सदस्य सीता दुलालले स्वागत मन्तब्य राखेकी थिइन् ।

प्रतिक्रिया