ईबि साँध्न पहाडी दम्पतीले गरेका गलत हर्कतकाे पटाक्षेप

खबरकुञ्ज

बेसीशहर, फागुन ३ । बेसीशहरकाे कालिका बचत तथा ऋण सहकारी संस्थासम्बद्ध समस्यामा सञ्चालक सदस्य मिलन शर्मा दनालाई अपजसकाे भागीदार बनाउन र उनलाइ समाजमा लज्जित बनाउने उद्देश्यले केही सञ्चारमाध्यम हात धाेएर लागि परेकाे खुलासा भएकाे छ ।  

अन्तरंग न्यूज डटकम, अन्तरंग साप्ताहिक र लमजुङ रत्न साप्ताहिकमार्फत  दनाइलाइ कालिका सहकारी संस्थाकाे काेषाध्यक्ष पदकाे भारी बाेकाइदिएर समाचार प्रकाशन गरी यस्ताे खुलासा भएकाे हाे । पत्रकार नवराज पहाडी र उनकी कान्छी श्रीमती सीमा ढकाल सम्बद्ध ती सञ्चारमाध्यमले कालिका सहकारी सम्बद्ध समाचारमा निरन्तर रूपमा पत्रकारसमेत रहेका कालिका सहकारीका सञ्चालक मिलन शर्मा दनासंगकाे ब्यक्तिगत इबी साँध्न सञ्चारमाध्यमकाे गलत प्रयाेग गरेकाे पाइएकाे हाे ।

दनाला कालिका सहकारीकाे मुख्य हर्ताकर्ता ठहर्याएर उक्त सहकारीकाे अहिलेकाे समस्यामा उनैला मुख्य दाेषी प्रमाणित गराइ कलंकित बनाउने निहित उद्देश्यले पहाडी दम्पतीले न्वारनदेखिकाे बल लगाइरहेकाे पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् । यसका लागि उनीहरूले आफ्नै सञ्चार माध्यमला प्रयाेग गरी पाठकहरूला गलत समाचार समेत प्रवाह गर्नुले याे कुराकाे पुष्टि पनि भएकाे छ ।

हाल कालिका सहकारीका सञ्चालक समितिकाे सदस्य रहेकाे दना उक्त सहकारी एकीकरण हुनु पूर्व साविक करपुरेश्वर सहकारीकाे अध्यक्ष थिए । तर पहाडी दम्पती सम्बद्ध सञ्चारमाध्यममा कालिका सहकारी सम्बद्ध हरेक समाचारमा साे सहकारीकाे काेषाध्यक्षकाे रूपमा दनाईला उल्लेख गरिँदै एकाे छ । वास्तवमा साविक कालिकाकाे काेषाध्यक्ष विनिता अधिकारी घिमिरे हुन् । तर ती सञ्चारमाध्यमले  नियाेजित रूपमा दनाला नै काेषाध्यक्ष भनेर साे सहकारीकाे अहिलेकाे समस्याकाे कारककाे रूपमा चित्रित गर्दै चरित्रहत्या समेत गरेकाे देखिन्छ ।

हुँदै नभएकाे पदमा लगेर जबर्जस्ती टाँस्ने लगायत अन्य प्रपञ्चकाे दनाले बिराेध गर्दै पहाडीकाे भण्डाफाेर अभियान चलाइरहेका छन् । उनले फू अध्यक्ष रहेकाे साविक करपुरेश्वर सहकारीकाे जग्गाकाे बिषयमा उनीहरूले उठाएकाे सवाल र खरिद गर्ने बेलामा तत्कालीन काेषाध्यक्षलाइ बाइपास गरिएकाे भन्ने समाचार पुष्टि गर्न भन्दै सप्रमाण पहाडीकाे हुर्मत लिएका छन् । उनले सहकारीकाे काेषाध्यक्ष आफू नभएकाे प्रष्टाेक्ति दिए पनि पहाडी दम्पतीले विनिताले उनले पद स्वीकार नगरेकीले उनी काेषाध्यक्ष नहुने र त्यस अघिकाे काेषाध्यक्ष नै अहिले पनि काेषाध्यक्ष हुने भनि "अदालती शैलीमा फैसला" गरेका छन् ।

अन्तरङ्ग डटकमकाे समाचार हेराैं

साथै ती सञ्चार मध्यमले पटकपटक सहकारीकाे मुख्य जिम्मेवार पदाधिकारी हुने र जसअपजसकाे भागिदारसमेत उनीहरू नै हुने भनेर समेत लेख्ने गरेका छन् । यसरी समाचार मार्फत दनाईलाई काेषाध्यक्ष बनाइदिने र अपसजस र परिआए सजायकाे भागिदार समेत बनाइदिने प्रपञ्च उनीहरूले रचेकाे देखिन्छ । यसबाहेक ती पत्रपत्रिका र अनलाइनले विनिताले अदालतमा समेत आफू काेषाध्यक्ष नभएकाे, काेषाध्यक्षकाे हैसियतले कुनै निर्णय नगरेकाे र काराेबारसमेत नगरेकाे बयान दिएकाे र बयान पनि इन्कारी दिएकाे भनि प्राथमिकताका साथ समाचार लेखेका छन् । 

अर्काे समाचार पनि हेराैं


पहाडी दम्पतीले जे जे भने पनि कालिका सहकारीकाे काेषाध्यक्ष विनिता अधिकारी घिमिरे नै रहेकाे अकाट्य प्रमाण फेला परेकाे छ । सहकारीकाे साधारण सभाकाे निर्णय र पटक पटकका सञ्चालक समितिकाे वैठकमा विनिताकाे उपस्थिति र उनकाे हस्ताक्षरले यसकाे पुष्टि मात्र गर्दैनन्, पहाडी दम्पतीकाे समाचार र उनीहरूकाे दुर्नियतलाई समेत उदांगाे बनाइदिएकाे छ ।

हेर्नुहाेस् काेषाध्यक्षकाे रूपमा बिनिता अधिकारीले वैठकमा गरेकाे हस्ताक्षर


कालिका सहकारीका भिन्न भिन्न मितिका वैठककाे निर्णय पुस्तिका (माइन्युट)मा काेषाध्यक्ष बिनिता अधिकारीले गरेकाे हस्ताक्षर

माथिका दुइवटा माइन्युटमा रहेका उपस्थिति र हस्ताक्षरले कालिका सहकारीकाे काेषाध्यक्ष पद बिनिता अधिकारीले अस्वीकार गरेकाे भन्ने नवराज पहाडी परिवारकाे दावीलाइ झुटाे सावित गरिदिन्छ । हुन त कुनै हालतमा बिनितालाइ काेषाध्यक्ष पदमा नरहेकाे देखाउन हदैसम्मकाे हर्कत गर्न सक्नेले माइन्युट पनि नक्कली वा हस्ताक्षर नक्कली हाे पनि भनिदिए भने पनि श्चर्य नमान्दा हुन्छ । परिआए हस्ताक्षरकाे जाँच गर्नु पर्ने पनि हुन सक्छ ।  यस्ता धेरै हस्ताक्षर छन्, जहाँ बिनिताले कहिले काेषाध्यक्ष, कहिले लेखा समितिकाे संयाेजक त कहिले कर्मचारीकाे रूपमा गरेकी छन् ।

पहाडी सम्बद्ध सञ्चार माध्यमले एकीकरण ताकाकाे काेषाध्यक्ष भनेर दनाला भन्ने गरे पनि एकीकरणताका कालिका सहकारीकाे काेषाध्यक्ष दनाई नभएर हरिबाबु थापा रहेकाे खुलासा समेत भएकाे छ । तर थापा संगकाे निकटता र थापासंग नातासमेत पर्ने भएका कारण पहाडीले हरिबाबु थापाकाे नाम कहिँ कतै उल्लेख गरेकाे पाइदैन । यसबाट पनि पहाडी र उनकी श्रीमतिकाे असली नियतकाे उदांगाे हुने सम्बद्ध ब्यक्तिहरू बताउँछन् । उनीहरू भन्छन्– "अरूला काे कति पानीमा ? भनि प्रश्न गर्ने उनीहरू स्वयं भने कति पानीमा रहेछन् ? कतिकाे निर्भिक र कर्मठ पत्रकारिता गर्दारहेछन् भन्ने कुराकाे पटाक्षेप भएकाे छ ।"

पहाडी र उनकी श्रीमतीले असत्यलाइ सत्य भन्दै पटकपटक दाेहाेर्याएर सत्य बनाउने कसरत चाहिँ किन गरेका छन् ? पहाडीले लेखेका भ्रामक समाचारकाे दनाले एक एक गरे खण्डन गरिदिएका छन् । यस अघि उनले आफू नैतिकवान भएकाे ढाेंग गर्दै  तुलाेमा ताैलिन दनाई लगायतला चुनाैति दिएका थिए । यसकाे जवाफमा दनाले कानून बिपरित तीनवटी श्रीमती बिहे गरेर फाैजदारी कसुर गर्ने मान्छेले नैतिकताकाे पाठ नसिकाएकै राम्राे भन्दै नैतिकताकाे तुलाेमा ताैलिन तयार रहेकाे जवाफ फर्काएका थिए । 

प्रतिक्रिया