कार्यकक्षमै कुटिए राइनासका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीकाे बिराेध

बेसीशहर, माघ २१ ।  लमजुङकाे राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पाैडेल कार्यकक्षमै कुटिएका छन् ।

आइतबार बिहान सवा १० बजे कार्यालमा काम गरिरहेकाे अवस्थामा उनलाइ नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध कार्यकर्ताले कार्यकक्षमै गएर कुटपिट गरी दुर्व्यवहार गरेका हुन् । कार्यकक्षमा बसेर काम गरिरहेका बेला विप्लब समूहका दुइजना कार्यकर्ता पाैडेलकाे कार्यकक्षमा प्रवेश गरेका थिए । उनीहरूले पाैडेलसंग कुरा गर्न खाेजे पनि पाैडेलले ब्यस्त रहेकाले केहीबेर पछि कुरा गर्ने जवाफ दिएपछि एक्कासी ती दुइजनाले दुर्ब्यवहार गर्दै पाैडेलमाथि हातपात गरेका नगरपालिकाका कर्मचारीहरूले बताए ।

उक्त घट्नाकाे राइनास नगरपालिका कर्मचारीहरूले बिराेध जनाएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुले प्रेस बिज्ञप्ती प्रकाशित गरी यस घटनाकाे सत्यतथ्य छानवीन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न, कार्यस्थलमा सुरक्षाकाे प्रत्याभूति गराउन र काम गर्ने सहज वातावरण बनाउन माग गरेका छन् ।


उनीहरूले सेवामा खटेर दिनरात नभनि काम गर्ने कर्मचारीकाे असुरक्षा बढेकाेले सेवा प्रवाह कमजाेर र कठीन भएकाे बताएका छन् । उनीहरूले यस घटनाले कर्मचारीकाे असुरक्षा बढेको र निर्धक्क भएर जनताकाे सेवा गर्ने अवस्था नरहेकाे ठहर गरेका छन् । उनीहरूले कर्तव्यनिष्ट कर्मचारीको मनोवल गराउने कार्य भएकाे  भन्दै घटनाकाे भर्त्सनासमेत गरेका छन् । 

प्रतिक्रिया