बेसीशहर, मंसिर ९ गते । नेपाली कांग्रेसका जिल्लास्तरीय नेता र कार्यकर्ताहरुले पार्टी र सरकारको नेतृत्वमा पुगेपछि कार्यकर्ता र संगठन बिर्सने र गाउँ नछिर्ने नेताहरुको बानीले पार्टीको संगठन कमजोर भएको गुनासो गरेका छन् ।
नेपाली कांग्रेसले शुरु गरेको एकसय दिने बिशेष सांगठनिक अभियानको आईतबार बेसीशहरमा भएको उद्घाटन कार्यक्रममा सहभागी अधिकांश बक्ताहरुले पार्टीका जिल्ला तहका ठूला नेताहरुकै कारण जिल्लामा पार्टी संगठन कमजोर बन्दै गएको र कार्यकर्ताको संरक्षण हुन छाडेको गुनासो गरे । सहभागीहरुले देश नेपाली कांग्रेसले मात्र बनाउने कुरामा एकमत जाहेर गरे पनि कांग्रेसका नेताहरुमा रुपान्तरण जरुरी रहेको चर्चा गरे । पार्टीभित्र अनेकन समस्या रहेको र गुटबन्दीले पार्टीलाई अहित गरेकाले आन्तरिक समस्याहरु छलफलबाटै टुंग्याएर पार्टी संगठनलाई मजबुत बनाउन उनीहरुले नेताहरुलाई आग्रह गरे ।
सहभागीहरुले पार्टीको संगठनसमेत ध्वस्त रहेको, नेताहरु गाउँ नछिर्ने समस्या र पार्टीका अधिकांश क्रियाशील सदस्यहरु सदस्यता नविकरण गर्नै नमानेको गुनासो समेत कार्यक्रममा गरे । कतिपय वक्ताहरुले एमालेबाट स्थानीय नियकामा जितेका जनप्रतिनिधिले स्थानीय निकायमा भर्ती अभियान चलाएर कार्यकर्ताको ब्यवस्थापन गरेका तर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले कार्यकर्ता संरक्षण र ब्यवस्थापन नगरेको भन्दै गुनासो समेत गरे ।
कार्यक्रममा सहभागी नेपाली कांग्रेस जिल्ला कार्य समितिका पूर्व सभापति शंकरकान्त जोशीले त हिजो पार्टी संगठन जोगाउने नेताहरु आज उपेक्षामा परेको गुनासो गरे । उनले पार्टीका नेताहरु भैमत्ता भएको आरोप लगाए । पार्टीका कार्यकर्ता र जनताले विश्वास गरेर जिम्मेवारीमा पु¥याएका नेताहरु जनता र कार्यकर्ताप्रति कृतज्ञ बन्नुपर्नेमा उल्टै कृतध्न बन्ने गरेको आरोप लगाउँदै उनले जनता र कार्यकर्ताको भरोसाको सम्मान गर्न आग्रह गरे ।
उनले भने– “संकटका बेला जसले पार्टी जोगायो, संगठन बनायो उहीँ आज उपेक्षित छन्। पार्टिले बिश्वास गरेका सांसद मन्त्रिले २÷२ पालिका मात्र जिम्मा लिएर संगठन सुदृढिकरणमा लाग्ने हो भने संगठन बन्दैन ? कोही पनि ब्यक्ति सबै कुराले पूर्ण हुँदैन, तपाईहरु पनि होइन ।”
नेपाली कांग्रेस लमजुङका उपसभापति आनन्द घिमिरेले पार्टीमा रुपान्तरणको जरुरत रहेको चर्चा गर्दै आन्तरिक समस्या पार्टीभित्रै छलफल गरि टुंग्याउन र एक अर्कालाई गाली गरेर होईन, सबैको क्षमता उपयोग गरेर पार्टी संगठन मजबुत बनाउन आग्रह गरे ।
बेसीशहर ११ का वडा पार्टी सभापति रामुराज पन्तले नेताहरु गाउँ नपसेको र, जिल्लाका नेता पनि गाउँ नछिर्दा संगठन ध्वस्त भएको बताउँदै हिजो सानो कार्यक्रम आयोजना हुँदा पनि बेसीशहर बजार ढाक्ने कांग्रेसका कार्यकर्ता अहिले कहाँ गए भनि प्रश्न गरे ।
नेपाली कांग्रेस दोर्दीका सभापति बिच्छबहादुर घलेले पक्षबिपक्षले पार्टी कमजोर भएको भन्दै नेता कार्यकर्तामा पहिलाको जस्तो सद्भाव, अग्रजको सम्मान रसामूहिक भाव नभएको टिप्पणी गरे
यसले नकरात्मक प्रभाव गर्छ । ०८४ लाई सबै तह जित्न अहिलेदेखिनै तात ।
नेपाल किसान संघका सभापति उद्धव बस्नेतले हिजो विपी कोइरालाले देखाएको त्याग र समर्पण अहिलेका नेताहरुले पनि अंगिकार गर्नुपर्नेमा जोड दिए ।
जिल्ला कार्य समितिका सदस्य गोपाल परियारले कार्यकर्ता ब्यवस्थापन गर्न कांग्रेसले एमालेसंग सिक्नुपर्ने बताए । उनले प्रदेश र केन्द्रमा पार्टीको सरकार हुँदा पनि कार्यकर्ता ढुक्क नभएको बताए ।
गण्डकी प्रदेश सभाका सदस्य टीका बस्यालले कांग्रेस एकजुट भएकै कारण लमजुङबाट प्रदेशसभामा ४÷४ जना सांसद पाएको भन्दै जागरण अभियानले नेताहरुलाई झकझकाएको र य
सले कांग्रेसलाई बलियो बनाई संगठनलाई चलायनमान बनाउने बताइन् । उनले पार्टी बिधिबिधान अनुसार चल्नुपर्नेमा जोड दिइन् ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा महासमितिका सदस्य बृषराज गुरुङले तीनबर्षपछि हुने चुनाबमा यो अबधिमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टी कार्यकर्ताको शिर झुकाउने कुनै काम गर्न नहुने भन्दै जनप्रतिनिधिले गर्ने राम्रा कामले नै आगामी निर्वाचनमा पार्टीको मूल्याङ्कन हुने बताए । उनले अबका निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने भएकाले तयारी थाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा केन्द्रीय प्रतिनिधिको रुपमा आएका केन्द्रीय सदस्य अब्दुल सतारले जनताका गुनासा र पार्टीले गर्नुपर्ने कामको प्राथमिकता छनोट गर्नुका साथै वर्तमान गठबन्धन सरकारप्रति जनतामा रहेका भ्रम चिर्न सय दिने बिशेष जागरण अभियान सञ्चालन भएको जानकारी दिए ।
उनले नेपाली कांग्रेस एमालेसंगको गठबन्धनमा सरकारमा रहेको बेला पार्टीभित्रका आन्तरिक समस्या पहिचान गरी तिनको निराकरणका लागि अभियान सफल हुने विश्वास ब्यक्त गर्दै अभियानका क्रममा कार्यकर्ताका गुनासालाई समेत समाधान गरिने जानकारी दिए ।
लमजुङमा गत मंसिर १ गतेदेखि सञ्चालन हुने भनिएको अभियान स्थगित भई आइतबारबाट शुरु भएको हो । यो अभियान १६ मंसिरसम्म सञ्चालन हुने छ । अभियान जिल्लाका ८ पालिका र ७५ वटै वडामा सञ्चालन हुने बताइएको छ । यसका लागि महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु प्रतिनिधिका रुपमा खटिएका छन् ।
कार्यक्रममा कांग्रेस लमजुङका पूर्व सभापती तथा गण्डकी प्रदेशका वन वतावरण मन्त्री भेषबहादुर पौडेल, गण्डकी प्रदेश सदस्यहरु पार्वती तामाङ, टिका बस्याल, पूर्व सभापतीहरु लगायतज जिल्ला, क्षेत्र, पालिका वडास्तरका नेता कार्यकर्ताको उपस्थिती रहेका उपस्थिती रहेको थियो ।