स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्याे

काठमाडौं। सरकारले जग्गाकाे कित्ताकाट फुकुवा गरेकाे छ । मंगलबारकाे मन्त्रीपरिषद् वैठकले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको हाे । 

सरकारले नियमावली संशोधन गरी कित्ताकाट खुलाएपछि अब स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्न बाधा पर्ने छैन । श्राेतका अनुसार अब जग्गाकाे कित्ताकाट पूर्ववत अवस्थामै फर्कने छ । जग्गाकाे कित्ताकाट नखुल्दा देशकाे अर्थतन्त्रमै प्रभाव परेकाे महशुस गरी सरकारले कित्ताकाट खुलाउने निर्णय भएकाे हाे ।

गत साउन ५ गते यस सम्बन्धी नियमावली संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा गएको थियो । मन्त्रीपरिषद्को आर्थिक तथा पूर्वाधार समितिले गरेको सिफारिसका आधारमा भूमि व्यवस्था मन्त्रालयले भु–उपयोग पहिलो संशोधन नियमावली २०८० को प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरेको थियाे । प्रस्तावलाइ मन्त्रीपरिषद्ले पारित गरेको हाे ।

गत वैशाखमा पनि मन्त्रिपरिषदले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेकाे सन्दर्भमा सरकारले पुनः पुनः नियमावली संशोधन गरि कित्ताकाट खुलाएकाे हाे । अब कित्ताकाट सम्बन्धी सबै समस्या समाधान भइ अर्थतन्त्रलाइ लयमा ल्याउन समेत सहज वातावरण बन्ने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया