बेसीशहर, पुस १९ गते । उपाधिकाे दावेदार टीम मानिएकाे नेपाली सेनासमेत बेसीशहरमा जारी ३१ औं त्रिवेणी कपबाट बाहिरिएकाे छ ।
बुधवार अभिषेक चर्च रहजरसंग नेपाल प्रहरीकाे पुलिस क्लव ट्राइबेकरमा पराजित भएलगत्तै बिहीबार भएकाे तेस्राे क्वार्टरफाइनल खेलमा लालीगुराँस युवा क्लव भुजुङसंग २–० गाेल अन्तरले नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लव स्तब्ध बनेकाे हाे ।
बेसीशहरकाे सहजीस्थित त्रिवेणी रंगशालामा बिहीबार भएकाे पहिलाे क्वार्टरफाइनल खेलमा लालीगुराँस युवा क्लवले सेनालाइ शुरूवातदेखि नै दबाबमा राख्याे । खेलकाे पहिलाे हापकाे २१ औं मिनेटमा भुजुङका लागि जर्सी नं. ९ का खेलाडी बिशाल घलानले गाेल गरे । बिशाल लामाकाे लिफ्टेड बललाइ विदेशी खेलाडी जर्सी नंं ५ का विलियमले डिबक्सबाट घलानलाइ पास गरे । माैकामा रहेका घलानले उक्त पासलाइ सुुन्दर गाेलमा परिणत गरिदिए ।
पहिलाे हापकाे ३५ औं मिनेटमा भुजुङले सेना बिरूद्ध दाेस्राे गाेल गरी सेमिफाइनकाे यात्रा पक्का गर्याे । फ्लाेरेन् काेराले सेन्टर भन्दा वरैबाट सेनाकाे पाेष्टतर्फ दिएकाे पासलाइ जर्सी नंं १० का निरज चाैधरीले चुक्न दिएनन् । सेनाका दुइजना खेलाडीले घरिरहँदा पनि चाैधरीले उक्त पासलाइ सुन्दर गाेलमा परिणत गरे । याे संगै अब लालीगुराँस युवा क्लव भुजुङ सेमीफाइनलमा प्रवेश गरेकाे छ ।
बिहीबारकाे दाेस्राे क्वार्टरफाइनल खेल केहीबेरपछि बेसीशहर युथ साेसाइटी र एलजी एसाेसियसन पाेखराबीच हुँदैछ ।