काठमाडौं । नेपाली महिला फुटबलकी उत्कृष्ट फरवार्ड लमजुङे चेली साबित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् ।
साम्बा उपनामले एसियाली फुटबलमा चिरपरिचित भण्डारीलाइ फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो । यसबारे सावित्राले सामाजिक सञ्जालबाट जानकारी गराएकी छन् । यसअघि युरोपेली लिगमा इजरायली क्लव हापोएल रानानासँग अनुबन्धित भएकी उनले इजरायली क्लबमा समेत प्रभाव देखाइ सकेकी छन् । इजरायल प्यालेष्टाइनकाे युद्धका कारण खेल छाेडेर स्वदेश फर्केकी सावित्राकाे उत्कृष्ट खेल देखेर फ्रान्सेली क्लबले उनलाई अनुबन्धन गरेकाे हो ।
सावित्रा युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने पहिलाे नेपाली खेलाडी खेलाडी हुन् । लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नंं ९ सिम्पानीमा जन्मेकी सावित्रा सशस्त्र प्रहरीकाे टीम हुँदै राष्ट्रिय टीमकाे उत्कृष्ट खेलाडीकाे रूपमदा उदाएकी हुन् । उनले नेपाली फुटबलमा मात्रै हाेइन, भारत र दक्षिण एशीयामै ठूलै चर्चा बटुलेकी छन् । नेपाल भारत तथा दक्षिण एशीयामा उनकाे निकै ठूलाे क्रेज छ ।