काठमाडाैं । पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । विभागकाे वैठकपछि जारि विज्ञप्तीमा पार्टीकाे नीति र नेतृत्वकाे सार्वजनिक स्थलमा विराेधका अभिब्यक्ति नगर्न पार्टी स.गठनका सबै तहका पदाधिकारि र सदस्यहरूलाइ अनुराेध गर्ने निर्णय गरिएकाे भनिएकाे छ ।
वैठकले विभागको दैनिक गतिविधिलाई गतिशील बनाउन पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय पार्टी केन्द्रीय कार्यालयमा राख्ने लगायतका निर्णय गरेकाे छ । वैठकले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआए अनाधिकृत घोषित गरी कानुनी दायरामा ल्याउने’ निर्णयसमेत गरेकाे छ ।