तेस्राे राइनास कप शुरू, बाैद्ध हिमाल बिरूद्ध आयाेजक क्लवकाे गाेल बर्षा

राइनास, माघ १ गते । लमजुङकाे राइनास नगरपालिका ६ धमिलीकुवामा साेमबारबाट शुरू भएकाे तेश्रो राईनास कप २०८० खुल्ला फुटवल प्रतियोगिताकाे उद्घाटन खेलमा आयाेजक राइनास ११ ले बाैद्ध हिमाल युवा क्लब बिरूद्ध गाेलकाे बर्षा गरेकाे छ ।


साेमबारकाे खेलमा आयाेजक राइनास ११ ले बाैद्ध हिमाल युवा क्लब बिरूद्ध ६–१ काे फराकिलाे जीत निकाल्दै बिजयी शुरूवात गरेकाे हाे ।


गाैलीटार क्षेत्रिय खेलमैदान समितिले याेजना गरेकाे राईनास कपको तेश्रो संस्करणकाे उद्घाटन खेलमा राइनास ११ का लागि जर्सी नंं २२ का उत्तम शाहीले एक्लै ५ गाेल गरे । बाैद्ध हिमालले भने जवाफमा एक गाेल मात्र गर्न सक्याे ।


धमिलीकुवाकाे गाैलीटार क्षेत्रीय खेलकुद समितिको आयोजनामा राईनास कपको तेश्रो संस्करण माघ १ गतेबाट सुरु भएको हो ।  राईनास नगरपालिका–६, धमिलीकुवामा रहेकाे गौलीटार क्षेत्रिय खेलमैदानमा साेमबार दिउसाे गण्डकी प्रदेश सभाका सदस्य टकराज गुरूङले प्रतियाेगिताकाे उद्घाटन गरेका थिए ।


प्रतियाेगिता अन्तर्गत मंगलबारकाे खेल रूद्रदेवी युवा क्लव र मर्स्याङदी युवा क्लव पालुङटारबीच र दाेस्राे खेल बुद्ध युवा क्लव (बीवाइसी) भाेटेडार र नविकरण युवा क्लवबीच हुनेछ ।


प्रतियोगितामा १६ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद तीन लाख, कप, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको विजेताले नगद तीन लाख सहित कप,स्वर्ण पदक र प्रमाणपत्र पाउनेछ । गतवर्ष प्रतियोगिताको उपाधी दुई लाख रुपैया रहेकाेमा यस बर्ष पुरस्कार राशीमा बृद्धि गराइएकाे हाे  । उपविजेताले नगद २ लाखको साथमा, कप, रजत पदक र प्रमाणपत्र पाउने छ । प्रतियाेगिताकाे सेमिफाइनल पुग्ने दुई टिमले नगद ३०/३० हजार रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष श्रेष्ठले वताए ।


यसबाहेक प्रतियाेगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समेत जनहि नगद ७ हजार ५ सय पाउने छन् ।प्रतियाेगितामा हरेक खेलमा म्यान अफ द म्याच घोषणा गरी एकहाजर रुपैया पुरस्कार दिईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।गतवर्ष प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख रहेकोमा यसवर्ष पुरस्कार राशी वृद्धि गरेको हो  ।



प्रतिक्रिया