बेसीशहर, माघ ७ गते । राइनासमा गएकाे माघ १ गतेदेखि जारी तेस्रो राइनास कप २०८० खुल्ला फुटबल प्रतियोगिता तार्कुघाट युनेस्को क्लवले जितेको छ ।
धमिलीकुवाकाे गौलिटार क्षेत्रीय खेलमैदानमा शनिवार भएकाे फाइनल खेलमा रोयल फ्रेण्डसिप गरमबेसीलाइ ट्राइबेकरमा पराजित गर्दै तार्कुघाट युनेस्कोले उपााधि जितेकाे हाे । फाइनल खेलमा दुवै टीमले निर्धारित समयमा गाेल गर्न नसकेपछि खेल ट्राइबेकरमा गएकाे थियाे । ट्राइबेकरमा ५–३ काे नतिजा निकाल्दै तार्कुघाट युनेस्काले उपाधि उचाल्न सफल भयाे ।
खेलमा जीतसंगै तार्कुघाट युनेस्कोले नगद ३ लाख सहित, तेस्राे राइनास कपकाे ट्रफि, स्वर्णपदक र प्रमाणपत्र पुरस्कार पायाे । उपविजेता बनेकाे रोयल फ्रेण्डसिप गरमबेसीले १ लाख ५० हजार नगद सहित ट्रफि, रजत पदक र प्रमाणपत्र पुरस्कार पायाे । प्रतियोगिता अवधिभर ८ गोल गरि सर्वाधिक गाेलकर्ता बनेका तार्कुघाट युनेस्को क्लवका सुमित श्रेष्ठले गोल्डेन बुट सहित नगद ७ हजार ५ सय रुपैया पुरस्कार पाए । सर्बाेत्कृष्ट खेलाडी घाेषित भएका रोयल फ्रेनसिपका सन्तोष गुरुङले ट्रफि र सातहजार ५ सय पुरस्कार पाए । त्यस्तै तार्कुघाट युनेस्कोका सन्तोष महतले उत्कृष्ट गोलरक्षक घाेषित भइ नगद ७ हजार पाँच सय र ट्रफि पुरस्कार पाए । प्रतियोगितामा सेमिफाइनल सम्म पुग्न सफल चेपेआर्दश युवा क्लव र कालिका युवा क्लवले सान्त्वनास्वरूप ३०/३० हजार पुरस्कार पाए ।
गत माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा लमजुङ, तनहुँ र गोरखाका गरी १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
विजयी टीमका खेलाडीहरूलाइ गण्डकी प्रदेश सभाका सदस्य डा.टकराज गुरुङ, जिल्ला समन्वय समिति लमजुङ प्रमुख पूर्णवहादुर गुरुङ, राइनास नगरपालिका प्रमुख खड्गवहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, आयोजक गौलिटार क्षेत्रिय खेल मैदान समिति अध्यक्ष किरण श्रेष्ठले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
खबरकुञ्ज